कसरी भयो विर्तामोडका सुनचाँदी व्यवसायी मुखियाको हत्या?

कसरी भयो विर्तामोडका सुनचाँदी व्यवसायी मुखियाको हत्या?
+
-

विर्तामोड- झापाको बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्या अभियोगमा प्रहरीले मंगलबार साँझ तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रहरीले एक सुनचाँदी व्यवसायी र उनका दुई सहयोगीलाई सार्वजनिक गरेको हो।

प्रहरीले साजन हत्या अभियोगमा बिर्तामोड नगरपालिका ३ सैनिकमोडका २९ वर्षीय पारसकुमार देव, बिर्तामोड ६ त्रिवेणी टोलका १९ वर्षीय दिपेश पौडेल र तेह्रथुम छातेढुङ्गा ८ घर भई बिर्तामोडको सैनिकमोड बस्दै आएका प्रकाश भनिने चिरञ्जीवी ओलीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी विष्णु केसीले सुनचाँदी व्यवसायी पारसकुमार देवले मृतक साजनको व्यवसायिक सफलता देखेर ओली र पौडेललगायतलाई रकम दिएर हत्या गर्न लगाइएको अनुसन्धानबाट खुलेको बताए।

अभियुक्त देवले आफ्नो व्यवसायमा गिरावट आएको र मृतक साजनलाई पाखा लगाए, निजको कारोबार समेत आफूले पाउने अभिलाषाले हत्याको योजना बनाएको समेत एसपी केसीले बताए।

गत फागुन २० गते आफ्नो पसलबाट सामान पुर्‍याउन निस्केका मुखियाको शव बोराभित्र सड्न लागेको अवस्थामा सोमबार इलामको रोङ गाउँपालिका–३ कोल्बुङ अर्यालचोक नजिकै सडकबाट सय मिटर तल भेटिएको थियो।

हत्या अभियोगमा पक्राउ परेका तीनै जनालाई मानव अपहरण तथा शरीर बन्धक, खुनडाँका र संगठित अपराध मुद्धामा जिल्ला अदालत झापाबाट म्याद थप गरी प्रहरीलेअनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार गत फागुन २० गते देवा ज्वेलर्सका सञ्चालक साजन मुखिया कामको सिलसिलामा रिद्धिसिद्धि ज्वेलर्समा गएर आउँछु भनी पसलबाट निस्केका थिए।

दिउँसो करिब १:३० बजे रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले मे. ७ प ८७५४ नम्बरको स्कुटरको पछाडी राखेर बिर्तामोड ५ तमुटोलमा रहेको आफ्नो घरमा लगेको प्रहरीले जनाएको छ। ‘घरमा पुर्‍याएको करिब एक डेढ घण्टाको बिचमा साजनको हत्या भएको देखिन्छ,’ एसपी केसीले भने, ‘त्यसपछि सोही दिन साँझ भारतीय नम्बरको गाडीमा शव राखी लगेर फालेको देखिन्छ।’ प्रहरीले देव र पौडेललाई बिर्तामोडबाट र ओलीलाई तेह्रथुमबाट सोमबार पक्राउ गरेको बताएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?