
काठमाडौं- राष्ट्रियसभाले गणेश तिमिल्सिनालाई सभाको अध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा गरेको छ।
प्रोटेम स्पीकर (जेष्ठ सदस्य) तारादेवी बिष्टले तिमिल्सिनालाई निर्वाचित गरियोस् भनेर पत्र पढ्न सांसद खिमलाल भट्टराईलाई अनुरोध गरेकी थिइन्।
त्यसपछि सांसद सुमनराज प्याकुरेल र दिनानाथ शर्माले तिमिल्सिनालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा समर्थन गरेका थिए।
तारादेवीले तिमिल्सिना सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन्। उनी वाम गठबन्धनका तर्फबाट निर्विरोध निर्वाचित भएका थिए। संसदमा देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कैद गरेका तस्बिरहरु।