मोरङ- प्रदेश नम्बर एकस्तरीय महिला भेला अस्थायी राजधानी विराटनगरमा बुधबारदेखि सुरु भएको छ।
तीनदिनसम्म चल्ने उक्त भेलाले महिलाको काम, मुल्यसहितको काम र मर्यादित कामको विषयमा केन्द्रित रहेको छ।
सोही क्रममा महानगरपालिकाका प्रमुख भीम पराजुलीले महिलाहरुको काम र क्षमताले नेपाली समाजलाई विकासको ढोकातर्फ अघि बढाउने बताए।
महिला जनप्रतिनिधि र सामाजिक आन्दोलन, विशिष्ट महिला आन्दोलनमा महिलावादी दृष्टिकोण र त्यसको महत्वको बारेमा स्पष्टता ल्याउँदै सहकार्यको वातावरण सिर्जनालगायतको उद्देश्य राखेर कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक मञ्जिता उपाध्यायले बताइन्।
उपाध्यायले भनिन्, ‘महिलाको शरीर, श्रम र पहिचानका लागि स्थानीय रुपमा रहेका बाधाहरुको पहिचान गरि कार्य गर्नुपर्ने आजको आवश्यक्ता रहेको छ।’
१४ जिल्लाबाट स्थानीय तहका महिला जनप्रतिनीधि, मानवधिकार रक्षक तथा समाजिक अभियानमा संलग्न करिब ३ सय महिलाहरुको भेलामा सहभागिता रहेको छ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको उपस्थिती रहेको थियो।