विराटनगरमा २० वर्ष पुरानो गाडी एउटामात्र भेटियो

विराटनगरमा २० वर्ष पुरानो गाडी एउटामात्र भेटियो
+
-

विराटनगर- नेपाल सरकारको २० वर्षे पुरानो गाडी हटाउने नीतिअन्तर्गत मोरङमा एउटा ट्रक मात्र फेला परेको छ।

सुनसरीस्थित यातायात व्यवस्था कार्यालय, ट्राफिक कार्यालय मोरङको संयुक्त अनुगमनका क्रममा विराटनगरमा विहीबार २० वर्ष पुरानो ट्रक फेला परेको हो।

अनुगमनका क्रममा कार्यालयका निमित्त प्रमुख भुपेन्द्र राईले पहिलो दिन विराटनगरका विभिन्न स्थान चेकजाँच गरेको जानकारी दिए।

उनले भने, ‘विराटनगरको रानीबाट काम अघि बढाएका थियौं। विराटनगर जोगबनीको गाडी पुराना छन् भनेर, तर पुराना गाडी फेला परेनन्।’

विराटनगर जोगबनीको करिब ७ किलोमिटरको दुरीमा कम्तीमा पनि २० वटा गाडी सञ्चालनमा छन्। निमित्त प्रमुख राईका अनुसार, अपेक्षा गरि अनुसार धेरै गाडी सडकमा देखिएनन्।

यसक्रममा कार्यालयबाट राईसहित अर्का एक जना कर्मचारी र ट्राफिकबाट पाँच जना प्रहरीको सहयोगमा सवारी जाँच गरिएको थियो।

रानीमा पुराना सार्वजनिक गाडी नभेटिएपछि टोली विराटनगर रङ्गेली सडकखण्डमा पुगेको थियो। जाँचका क्रममा एउटा पुरानो ट्रक फेला परेको थियो।

‘कटहरी गाउँपालिकाको को.१.ख. २०४३ नम्बरको मालवहाक ट्रक कटहरीमा जाँचका क्रममा फेला पर्‍यो,’ राईले बताए।

‘स्थानीय कटहरीकै ब्यक्तिको ट्रक भएको र ट्रक घरतर्फ राख्न लैजादै गरेको अवस्थामा फेला पार्‍यौँ, त्यसको ब्लु बुक र कार्वाहीको पत्र दिएर हामीले छाड्यौँ,’ यातायात व्यवस्था कार्यालयका नि.प्रमुख राईले बताए।

पुराना सार्वजनिक सवारी अनुगमनका क्रममा विराटनगरका विभिन्न तीन स्थानमा जाँच गरिएको ट्राफिक कार्यालयले जनाएको छ।

त्यसैगरी अर्कोतर्फ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष एवं यातायात व्यवसायी कुष्ण सुवेदीले भने, ‘सरकारको यस अभियानप्रति आफूहरुको फरक मत रहेको छ। पुराना गाडी हटाउने नाममा आतंक फैलाइदैँछ। यहाँ हटाउनै परे सार्वजनिक मात्र किन, नीजि गाडीमा पनि नियम लागोस्।’

२० वर्षे नियम भन्दापनि फलामे गाडीको प्राविधिक जाँच गरिनुपर्ने ब्यवसायीहरुको भनाइ छ। सोही क्रममा हाल विराटनगरमा सार्वजनिक बस तथा ट्रकको मात्र अनुगमन भइरहेको छ जसका कारण पुराना गाडी ग्यारेज तथा पेट्रोल पम्पहरुमा राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?