सिंहदरबारको पर्खाइ अन्त्य भयो: मन्त्री चुमान

सिंहदरबारको पर्खाइ अन्त्य भयो: मन्त्री चुमान
+
-

पोखरा-  प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले संघीयताको कार्यान्वयनसँगै अब सिंहदरबारको पर्खाइ अन्त्य भएको बताएका छन्।

मन्त्री चुमानले पोखरा बृद्धाश्रमको बार्षिकउत्सवको उदघाटन गर्दै उनले ब्यक्तिको सबैखाले अधिकारको प्रत्याभुतका लागि संघीयता ल्याइएकोले भन्दै सिंहदरबारको पर्खाइ अन्त्य भएको बताए।

उनले नागरिकको आवश्यकता र अधिकारलाई सम्बोधन गर्न जिम्मा प्रदेश सरकारसँग निहित भएको भन्दै अब सामाजिक उत्तरदायित्व बहन गरेर अघि बढ्ने बताए।

नागरिकका अधिकार प्रत्याभुत र देशको आमूल परिबर्तनका लागि आन्दोलन भएको स्मरण गर्दे उनले अब समाजको बिकासका लागि पनि ब्यबस्थित तरिकाले संघियताको कार्यान्वयनका लागि अगाडी बढिने स्पष्ट पारे।

उनले प्रदेशको काम कारबाहीका लागि आबश्यक नियम र कानुन बनाउने क्रममा केन्द्रित रहेको बताए। ‘कानुन भएपछि प्रदेशभित्रका ज्येष्ठ नागरिक मात्र नभई सबै मानिसहरुको मानवअधिकार र सुरक्षाको प्रत्याभूति हुन्छ,’ उनले भने।

प्रदेश ४ लाई मोडेल प्रदेश बनाउन सबै खालका नागरिकहरुको सुरक्षा र मानवअधिकार ग्यारेन्टी हुनुपर्ने उनको भनाइ थियो।

मन्त्री चुमानले जेष्ठ नागरिकको सम्मानको संस्कार हराउँदै गएकोमा चिन्ता ब्यक्त गरे। उनले हरेक सन्तान आफ्ना अभिभावकप्रति उत्तरदायी र जिम्मेवार हुन सके जेष्ठ नागरिकको आत्मसम्मान हुने बताए।

बृद्धाश्रमका संस्थापक वशन्तकेशव पराजुलीले बृद्धाश्रम स्थापनाको अनुभव सुनाएका थिए। पराजुलीले प्रदेशभित्रको उत्कृष्ट बृद्धाश्रम भएकाले प्रदेश सरकारले सोही अनुसार बृद्धाश्रमलाई हेरिदिन आग्रह गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?