एउटा युवतीका सपना

एउटा युवतीका सपना
+
-

काठमाडौँ- हरेक मानिसको सपना हुन्छ। सपना नदेख्ने र लक्ष्यबिनाका मानिस सायद नै हुन्छन् होला।

आफ्नो सपनालाई नै लक्ष्य बनाएर हिँडेकी २० वर्षीया युवती हुन् रीता तामाड। उनको अनुहारमा २० बर्षे बैँसको आभा छ भने आँखामा देख्न सकिन्छ आफ्नो सपना पछ्याउने आत्मविश्वास।

उनको स्थायी घर सिन्धुली भए पनि उनी परिवारसँगै काठमाडौँको काडाँघारीमा बस्छिन्।

रीताको सपना धेरै ठूलो छैन। तर, उनी त्यही लक्ष्य लिएर अघि बढिरहेकी छन्। ढुक्क छिन्- एक दिन आफ्नो सपना हासिल गरेरै छाड्नेछिन्।

एसएलसी पास गरिसकेकी रीता नेपाल प्रहरीमा भर्ना हुन चाहन्छिन्। हो, नेपाल प्रहरी बनेर देशको सेवा गर्न चाहन्छिन् उनी।

नेपाल प्रहरीमा भर्ना हुने सपनासाथ उनले गत स्थानीय निर्वाचन र संसदीय तथा प्रदेश निर्वाचनमा म्यादी प्रहरीको भूमिका निर्वाह गरिन्।

दुवै निर्वाचनमा म्यादी बनेर काम गरेपछि नेपाल प्रहरी बन्ने लक्ष्य सजिलो हुने उनले आशा गरेकी छन्।

निकै मेहनती र लगनशील छन् उनी।

घरको आर्थिक अवस्थाका कारण एसएलसीसम्म मात्र पढ्न सकेकी उनी पाएसम्म जागिर र पढाइ सँगसँगै अगाडि बढाउन चाहन्छिन्।

उनका बाबु ड्राइभर हुन् भने आमा गृहिणी। उनलाई सानैदेखि महिला प्रहरी देख्दा आफू पनि त्यस्तै बन्ने सपना पलाएको हो। अनि त्यही सपना पछ्याउँदै अहिले हिँडिरहेकी छन् उनी। उनले दुवै निर्वाचनमा म्यादीको भूमिका निर्वाह गरेकी छन्।

उनी भन्छिन्, ‘म्यादी हुँदाको अनुभवले मलाई नेपाल पुलिस बन्न केही मदत होला जस्तो लाग्छ।’ उनी विदेश जान चाहन्नन्, नेपालमै बसेर केही गर्न चाहन्छिन्।

त्यही सपनालाई लक्ष्य बनाएकी छन् उनले।

रिता तामाङलाई शुभकामना: नेपाल प्रहरीमा भर्ना हुने उनको सपना पूरा होस्!

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?