चारकोसे झाडी फाँड्ने कर्मचारीलाई छाड्दिनँ: मुख्यमन्त्री राई

चारकोसे झाडी फाँड्ने कर्मचारीलाई छाड्दिनँ: मुख्यमन्त्री राई
+
-

विराटनगर- मोरङको उत्तरी क्षेत्रमा अवस्थित चारकोसे झाडीको जंगल फडानीको विषयलाई प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले गम्भीरतापूर्वक लिएका छन्।

पछिल्लो समय ती क्षेत्रको जंगल फडानी भइरहेको विषय सार्वजनिक भएपछि मुख्यमन्त्री राईले ती क्षेत्रमा कार्यरत वन कार्यालयका कर्मचारीलाई मुख्यमन्त्रीको कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्।

मुख्यमन्त्री राईले प्रदेश मुख्यसचिव यादव कोइरालालाई निर्देशन दिँदै वनका कर्मचारीलाई आइतबार मुख्यमन्त्रीको कार्यालयमा हाजिर गराउन लगाएका हुन्।

राष्टपति निर्वाचनका क्रममा काठमाडौं रहेका मुख्यमन्त्री राईले टेलिफोनमार्फत कुरा गर्दै वन फडानीमा कर्मचारीहरु संलग्न भएको पाइएमा तत्काल कार्वाही गरिने बताए। ‘उनीहरुलाई कुनैपनि बहानामा नछोडिने र वन फडानीमा सहयोग गर्नेलाई समेत कार्वाहीको दायरामा ल्याइनेछ,’ उनले भने।

यसैबीच कर्मचारीलाई कारबाही गरे कस्तो हुने भन्ने विषयमा भने उनले स्पस्ट कुरा भने राखेनन्।

स्थानीय ठेकेदार तथा काठ तस्करहरुको मिलोमतोमा वन फडानी भइरहेको भन्ने सूचनाको आधारमा मुख्यमन्त्रीको कार्यालयले तदारुकता देखाएको हो।

विभिन्न उपभोक्ता समिति समेतको मिलोमतोमा जंगल फडानी भइरहेको छ भन्ने सूचना आएलगत्तै कार्यालयले ती उपभोक्ताका पदाधिकारीमाथि छानविन गरि कार्वाही गरिने बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?