इरफान खानलाई दुर्लभ ट्युमर, कारण के र उपचार कस्तो ?

इरफान खानलाई दुर्लभ ट्युमर, कारण के र उपचार कस्तो ?
+
-

बलिवुड तथा हलिवुड चलचित्रका अभिनेता इरफान खानले आफ्नो रोगका बारेमा बताएका छन् ।

गएको दुई हप्ताअघि आफूलाई ‘दुर्लभ रोग’ लागेका बताएका इरफानले शुक्रबार आफूलाई दुर्लभ ट्युमर भएको बताएका हुन् । उनलाई न्युरोएन्डोक्राइन ट्युमर भएको हो । तर यसपटक उनले त्यसको अवस्था कस्तो रहेको बताएका छैनन् ।

उनले ट्वीट गरे ट्युमरका बारेमा जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘जीवनमा आउने अनपेक्षित बदलावले अघि बढ्न सिकाउँछ । मलाई अहिले न्युरोएन्डोक्राइन ट्युमर रहेको थाहा भएको छ ।’

उनले आफ्ना फ्यानलाई पिर गर्न भन्दा पनि आफ्ना लागि स्वास्थ्यको कामना गर्न आग्रह गरेका छन् । ५१ वर्षका खानले १०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । बलिवुडमा उनका पिकु, मक्बुल, हाँसिल, पान सिंह तोमरसहितका उत्कृष्ट चलचित्र छन् ।

यस्तै उनले लाइफ अफ पाइ, सलमडक मिलेनियर्स, द अमेजिङ स्पाइडर–म्यानसहितका हलिवुड चलचित्रमा पनि अभिनय गरेका छन् ।

इरफान खानलाई ‘दुर्लभ’ रोग, भने–चिन्ता नलिनु

उनी अन्तर्राष्ट्रिय स्तरमा राम्रो परिचय बनाएका भारतीय कलाकार हुन् । उनले बलिवुडसहित स्वतन्त्र हिन्दी चलचित्रमा पनि अभिनय गरेका छन् । उनले सन् २०१३ मा पान सिंह तोमरमा गरेको उत्कृष्ट अभिनयका लागि राष्ट्रिय चलचित्र अवार्ड जितेका थिए ।

न्युरोएन्डोक्राइन ट्युमरमा के हुन्छ ?

बेलायतको एनएचएसका अनुसार न्युरोएन्डोक्राइन ट्युमर त्यस्तो दुर्लभ प्रकारको ट्युमर हो, जुन शरीरका विभिन्न अंगमा फैलिन सक्छ ।

तर बिरामीको आँकडा हेर्दा यो ट्युमर विशेष गरी आन्द्रामा हुने गरेको पाइएको छ । यसको सबैभन्दा पहिलो असर ब्लड सेल्समा पर्छ, जसबाट ब्लड सेलमा हर्मोन रिलिज हन्छ । यो ट्युमर निकै सुस्त गतिमा बढ्ने गरेको पाइन्छ, तर सबै अवस्थामा त्यस्तै हुन्छ भन्ने छैन ।

यो ट्युमरको कारण अहिलेसम्म पत्ता लागेको छैन तर आनुवंशिक कारण पनि हुने गरेको पाइन्छ । यसको उपचार भनेको शल्याक्रिया गर्ने र हर्मोन कम रिलिज गराउने खालका औषधि खाने नै हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?