
देश सञ्चार
चैत ३, २०७४

अ
+
अ
अ
-
धादिङ – धादिङको गल्छीमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ । गल्छी गाउँपालिका–६ महेशदोभानमा शुक्रबार राति पौने १२ बजे ना ६ ख ९०३१ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री ४० वर्षे रामजी वाग्लेको ज्यान गएको हो ।
धादिङको बैरेनीका वाग्ले बसको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

