
काठमाडौँ- सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा मृत्यु भएकामध्ये २४ जनाको पहिचान भएको छ।
शनिबार शिक्षण अस्पतालले १० नेपालीसहित २४ जनाको पहिचान खुलेकाले आफन्तलाई बुझ्न आग्रह गरेको छ।
ढाकाबाट आएको युएस बांग्लाको विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो। बाँकी २५ जनाको शव परीक्षण भइरहेको शिक्षण अस्पतालले जनाएको छ। सोमबार भएको दुर्घटनाका शवहरुमध्ये २४ शव परीक्षण र सबै जाँचपछि आफन्तलाई दिन लागिएको छ।
को को हुन् पहिचान भएका दश नेपालीहरु?
१. शीला बजगाई
२. प्रसन्न पाण्डे
३. अल्जिना बराल
४. बालकृष्ण थापा
५. हरिशंकर पौडेल
६. प्रविन चित्रकार
७. सञ्जय महर्जन
८. ज्ञानीकुमारी गुरुङ
९. मीली महर्जन
१०. पूर्णिमा लोहनी