
काठमाडौँ- युएस बांग्ला एयरलाइन्सको सोमबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका ४९ जनामध्ये ३० शव महाराजगञ्जस्थित टिचिङ अस्पतालले परीक्षण र सनाखतपछि शनिबार आफन्तलाई बुझाएको छ।
आफ्ना आफन्तलाई ६ दिनपछि पोकामा पाउँदाको पीडा सायद अरु कसैले महसुस गर्न सक्दैन। उनीहरुले आफ्ना प्रियजनको त्यही अवशेष बुझे शनिबार, अन्तिम संस्कारका लागि।
शनिबार आफन्तको क्षतविक्षत शव अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाएको दृश्य मार्मिक थियो।
विदेशबाट घर फिर्ला भनेको प्रियजनको शव पोकामा बाँधेर ६ दिनपछि फिर्ता पाउँदा कति दुख्यो होला प्रियजनको घाउ?
यस्तो दु:ख फेरि कसैलाई नपरोस्!