सुनसरीको इक्राही बस्तीमा भीषण आगलागी, ८२ घर टहरा जलेर नष्ट

सुनसरीको इक्राही बस्तीमा भीषण आगलागी, ८२ घर टहरा जलेर नष्ट
+
-

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति आगलागी हुँदा ६२ परिवारका ८२ वटा कर्कटपाता र फुसले छाएका घर जलेर नष्ट भएका छन् ।

प्रदेश १ नम्बर प्रहरी कार्यालय मोरङका अनुसार शनिबार बेलुका ८ बजेदेखि स्थानीय पुरण चौधरीको घरबाट आगो लागेको हो । प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी हुदा“ ठूलोमात्रामा क्षति भएको छ ।

आगलागीबाट कम्तीमा ६० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष केदार विष्टले जानकारी दिए । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन अझै समय लाग्ने पनि वडाध्यक्ष विष्टको भनाई छ ।

आगलागीका कारण प्रभावित क्षेत्रको बस्ती नै सखाप भएको छ । यस घटनामा बालबालिका पनि घाइते भएको विष्टले जानकारी दिए । घटनामा दुईवटा चौपाया जलेर मरेका छन् ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख लिलम खनालले निकै ठूलो विपद परेकाले नगरपालिकाले तत्काल आपत्कालीन राहतका विषयमा स्थलगत निरीक्षण गरिएको जनाए । उनले भने, ‘घटना भीषण भएकाले आपतकालीन सहयोग उपलब्ध गराउन नगरपालिकाले तयारी गरिरहेको छ ।

आगलागी नियन्त्रणका लागि इटहरी, धरान, इनरुवा र राजविराजबाट पा“चवटा वारुणयन्त्र घटनास्थल पुगेका थिए । त्यसैगरी आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानीय बासिन्दाले सहयोग गरेका थिए ।

आगो राति नै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले बताए । आगो नियन्त्रणका क्रममा स्थानीय बासिन्दा ४१ वर्षका प्रभु सरदार घाइते भएका छन् । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?