सप्तरीका विभिन्न ठाउँमा आगलग्गी, २० लाख बराबरको क्षति

+
-

राजविराज – सप्तरीका विभिन्न ठाउँमा आगलागी हुँदा झण्डै २० लाख बराबरको क्षति भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा दीनानाथ रौनियारको हार्डवेयर पसलमा आगलागी भएको छ ।

शनिबार राति पसलमा कोही नभएको बेला आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पसलमा राखिएको प्लाष्टिक तथा हार्डवेयरका विभिन्न सामान जलेर नष्ट भएको इलाका प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आगलागी के कारणले भएको खुल्न नसकेको र विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान छ ।

स्थानीय बासिन्दा, प्रहरी तथा राजविराजबाट गएको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ लालपट्टीमा स्थानीय रामपृत यादवको घरमा विद्युत सर्ट भई आगलागी हुँदा झण्डै दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

इता सप्तरीकै रुपनी गाउँपालिका–३ मा आगलागी हुँदा स्थानीय कमल मुखिया र छेदी मुखियाको नगदसहित एक÷एक वटा घर जल्दा दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?