
काठमाडौं – युएस बंगलाको विमान गएको सोमबार दुर्घटना हुँदा ज्यान गुमाएका बंगलादेशी नागरिकको शव काठमाडौंमा रहेको दूतावासले बुझेको छ ।
विमान दुर्घटनामा ज्यान गुमाएका मध्ये पहिचान भएका २३ बंगलादेशी नागरिकको शव काठमाडौंमा रहेको बंगलादेशी दूतावासले सोमबार बिहान बुझेको हो ।
दूतावासका अधिधकारीले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि पहिचान भएका २३ शव बुझेको हो । ती शव कफिनमा राखेर दूतावासले नै बंगलादेश पठाउने छ ।
गएको सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा चालक दलका सदस्यसहित ७१ जना रहेको युए बंगलाको विमान दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको थियो । त्यसमा २२ नेपाली नागरिक थिए ।