अलविदा

रहिनन् ‘सरर मलेवा…’ गायिका कमला श्रेष्ठ

+
-

काठमाडौं– गायिका कमला श्रेष्ठको निधन भएको छ। उनको ६९ वर्षको उमेरमा सोमबार गंगालाल अस्पताल काठमाडौंमा निधन भएको हो।

मुटुको रोगबाट ग्रस्त उनको उपचारकै क्रममा निधन भएको साहित्यकार प्रकाश सायमीले जानकारी दिएका हुन्।

२००५ साल कात्तिक ९ गते काठमाडौंको असनमा पिता रामबहादुर र आमा इन्द्रमायाको सन्तानको रुपमा जन्मिएकी कमला २०२४ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा नौ गेडीको माला मेरो बोलको गीत गाएर गायनमा प्रथम भएकी थिइन्। यादव खरेलको शब्द तथा नातिकाजीको संगीत रहेको यो गीत पछि तारादेवीले गाएकी हुन्।

२०२५ सालदेखि रेडियो नेपालमा गायिकाका रुपमा काम गरेकी कमला श्रेष्ठले दुई सय भन्दा धेरै गीत गाएकी छन्।

पछिल्लो समय स्वास्थ्यका कारण सक्रिय नरहेकी गायिका कमलाले नारायणगोपालसँग मुनामदनमा दिदीको भागमा पर्ने अंश गाएकी छन्।

यसैगरी उनका सरर मलेवा गुम्छ बालद मुनि मायालाई, सहिदिन्छु कुट बरु बोलीले न कुट, मेरा सबै उमेरहरु हजुरलाई, कति खोलासहितका गीत चर्चित छन् ।

लोक शैलीका गीतमा चर्चित बनेकी उनले माया प्रितीसहितका चलचित्रमा पनि गीत गाएकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?