प्रेसर हैन, अवसर मान्छु- सन्दीप लामिछाने

प्रेसर हैन, अवसर मान्छु- सन्दीप लामिछाने
+
-

काठमाडौं- त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मी सँग कुरा गर्दै सन्दिप लामिछानेले आगामी दिनमा कुनै पनि प्रतियोगिता खेल्नु आफ्ना लागी प्रेसर भन्दा अवसर भएको बताएका छन्।

लामिछानेले भने, ‘मैले पाएको अवसरमा टिमले दिएको जिम्मेवारी पुरा गर्नु पर्छ, प्रेसर भन्ने हुँदैन। आज हामी वान डे स्टेट्स सेलिब्रेट गरिरहेका छौं, यसमा डिभिजन ५ देखि नै खेल्ने खेलाडीको ठुलो भूमिका छ। विगतमा उहाँहरुले गरेको योगदानले नै हामी आज यो ठाउँमा पुगेका हौँ, आजको वान डे स्टेट्स दिलाउने श्रेय सम्पुर्ण खेलाडीलाई पनि जान्छ, उहाँहरु भनेको नेपालि क्रिकेटको लिजेण्ड हुन्।’

नेपालले एक दिवसीय मान्यता पाउनु ठुलो कुरा भएको बताउँदै लामिछानेले नेपाली क्रिकेटको विकास गर्ने राम्रो अवसर आएको बताए। प्रशिक्षक र कप्तान जसरीनै लामिछानेले अब घरेलु संरचनाको विकास गर्नु पर्ने बताए।

नेपालले पीएनजीलाई पराजित गरे पछिको अवस्था कस्तो थियो भन्ने प्रश्नमा लामिछानेले भने, ‘हामीहरु नेदरल्याण्डले जितोस् भन्ने चाहिरहेका थियौं, माहोल निकै भावुक थियो। ‘हङकङले राम्रो ब्याटिङ गर्दा वान डे के हुन्छ हुन्छ भन्ने थियो, तर पछि हङकङको विकेट खस्न थाले पछि हामी आशावादी भएका थियौं।’

लामिछानेले आइपीएल खेल्न जाने मितिको टुङ्गो नलागेको जानकारी दिएका छन्। उनले भने, ‘जानु अगाडी तपाईहरु सँग सेयर गर्ने छु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?