समस्यामा फेसबुक

फेसबुकमा प्रयोगकर्ताको जानकारी असुरक्षित, प्रतिबन्धको खतरा

+
-

अमेरिका, युरोप तथा बेलायतका राजनीतिज्ञले सामाजिक सञ्चाल फेसबुकले आफ्ना लाखौँ प्रयोकर्ताको जानकारी गलत कामका लागि प्रयोग हुन दिएको भन्दै शंका जताएका छन् ।

अमेरिकी सिनेटरले फेसबुकका प्रमुख मार्क जुकरबर्गमाथि यस विषयामा रहेर अनुसन्धान हुनु पर्ने बताएका छन् । त्यसपछि मात्रै कांग्रेसले आफ्ना प्रयोगकर्ताको जानकारी र उनीहरुलाई सुरक्षित राख्नका लागि फेसबुकले के गरिरहेको छ भन्ने अध्ययन हुनु पर्ने सिनेटरको माग छ ।

यसैगरी युरोपियन संसदका प्रमुखले फेसबुकले प्रयोगकर्ताको डाटा सुरक्षित गर्न कस्ता प्रक्रिया अपनाएको छ वा छैन भन्ने बारे अनुसन्धान गर्ने बताएका छन् । आफूहरु यस विषयमा निकै गम्भीर र चनाखो रहेको बेलायती प्रधानमन्त्रीका प्रवक्ताले जानकारी दिएका छन् ।

प्रयोकर्ताको जानकारी गएको हप्ता बेलायती पत्रिका द गार्डियन र अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले फेसबुकका दशौँ लाख प्रयोगकर्ताको जानकारी अनधिकृत रुपमा प्रयोग भइरहेको र यसबारे फेसबुकले प्रयोगकर्तालाई जानकारी नदिएको भन्दै खबर छापेका थिए । डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले फेसबुकबाट प्रयोगकर्ताको जानकारी संकलन गरेको उनीहरुले दाबी गरेका छन् ।

यो खबर आएपछि फेसबुकले क्याम्ब्रिज एनालिटिकाको पेज बन्द गरेको छ । एनालिटिकाले अनधिकृत रुपमा जानकारी संकलन गरेको र त्यसलाई डिलिट पनि नगरेको दाबी गरिएको छ । एनालिटिकाले बनाएको पर्सनालिटी क्वीज एप्लिकेशन मार्फत फेसबुक प्रयोगकर्ताको जानकारी संकलन गरिएको दाबी छ ।

प्रयोकर्ताको जानकारी यसरी संकलन गरिएको जानकारी सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको पक्षमा प्रचार गर्नका लागि प्रयोग भएको दाबी गरिएको छ ।

फेसबुक र क्याम्ब्रिज एनालिटिका दुवैले आफूहरुले प्रयोगकर्ताको जानकारीको अनधिकृत र अवैध प्रयोग नगरेको दाबी गर्दै आएका छन् ।

तर यो घटना बाहिर आएपछि अमेरिकामा अनुसन्धानका लागि प्रक्रिया सुरु भएको छ भने युरोपियन कमिसनले फेसबुकसँग सम्पर्क गरिसकेको बताइएको छ । यस्तै बेलायतले पनि कदम चालिसकेको छ ।

एनालिटिकाले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको पक्षमा जनमत बनाउनका लागि फेसबुकका ५० मिलियन प्रयोगकर्ताको जानकारी प्रयोग गरेको आरोप छ ।

आरोपले फेसबुक समस्यामा परेको छ । पछिल्लो समय प्रयोगकर्ताको बढोत्तरी सोचे अनुसार नभएर चिन्तामा रहेको फेसबुकलाई यो आरोपले थप अप्ठ्यारोमा पारेको छ । आरोप प्रमाणित भएमा फेसबुकमाथि प्रतिबन्ध पनि लाग्न सक्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?