काठमाडौं- नागरिकता समेत पाईसकेकी राेबोट सोफिया बुधबार नेपाल अाउँदैछिन्। साउदी अरबले गत अक्टोबरमा सोफियालाई नागरिकता दिएपछि उनी नागरिकता पाउने विश्वकै पहिलो रोबोट भएकी थिइन्।
हङकङको कम्पनी हेन्सन रोबोटिक्सले तयार गरेको यो रोबोट सन् २०१५ को अप्रिल १९ मा ‘एक्टिभेट’ गरिएको थियो। सन् २०१६ को मार्चमा अमेरिकाको टेक्सासमा आयोजना भएको साउथ बाई साउथवेस्ट फेस्टिबलमार्फत त्यस रोबोटलाई पहिलो पटक सार्वजनिक गरिएको थियो। सोफियाले विभिन्न ६२ अनुहार भाव व्यक्त गर्न सक्छिन्।
सन् २०१७ को नोभेम्बरमा युनाइटेड नेशन्स डेभलपमेन्ट प्रोग्रामले सोफियालाई इनोभेटिभ च्याम्पियनको उपाधि दिएपछि उनको चर्चा अझ चुलिएको छ। संयुक्त राष्ट्र संघले कुनै पनि गैह्र मानवलाई दिएको यो पहिलो उपाधि थियो।
हेन्सन रोबोटिक्सले विभिन्न डेभलपर्स कम्पनीसँग सहकार्य गरी यो रोबोट तयार गरेको थियो। गुगलको प्यारेन्ट कम्पनी अल्फाबेट इन्कले सोफियाको स्वर पहिचान प्रणाली विकाश गरेको थियो भने सिंगालुरिटी ब्रेन्सले मस्तिस्कमा काम गरेको थियो। पुर्व बेलायती नायिका तथा मोडल अउद्री हिपबर्नको अनुहार झल्कने गरि यो रोबर्ट तयार गरिएको छ।
हेन्सन रोबोटिक्सका डेभिड हेन्सनका अनुसार सोफियाले क्रित्रिम इन्टलिजेन्स, भिजुअल डाटा प्रोसेसिङ र फेसियल पहिचान प्रणालीमार्फत मान्छेको जस्तै व्यवहार गर्दछ। सिमित प्रश्नको जवाफ दिन सक्छिन् र पुर्व जानकारी भएका विषयमा सामान्य वार्तालाप पनि गर्न सक्छिन्।
नर्सिङ होम्समा रहने वृद्ध र ठूल्ठुला इभेन्ट तथा पार्कमा सहयोगी बन्न सक्ने हिसाबले यस रोबोटको परिकल्पना गरिएको थियो। हेन्सन रोबोटिक्सले सोफियामात्र होइन उनका सात दाजुभाई पनि तयार गरेको छ जसमध्ये बिना ४८ ले दर्शन र प्रेममा कलेज पनि उत्तिर्ण गरेको छ।
सिंगापुरमा यूएनडिपीले आयोजना गरेको रेस्पोनसिबल बिजनेस फोरमबाट इनोभेसन च्याम्पियनको उपाधि पाएपछि उनले यूएनले काम गर्ने दिगो विकाश लक्ष्य प्राप्तिका कार्यक्रममा सहयोग गर्नेछिन्।

भर्खरै
लोकप्रिय






































































































































































































