एजेण्डा नहुँदा प्रदेशसभा २ को बैठक स्थगित

+
-

जनकपुरधाम- प्रदेश नम्बर २ को मंगलवार बस्ने प्रदेशसभाको बैठक स्थगित भएको छ।

संसद सचिवायलयले सूचना जारी गरी विशेष कारणले बैठक स्थगित गरिएको जनाईएको छ।

प्रदेश २ सरकारले अहिले सम्म छलफलको लागी कुनै विधेयक दर्ता गराउन नसक्दा प्रदेशसभामा कुनै एजेन्डा नै नरहेको भन्दै मंगलवारको बैठक स्थगित गरिएको हो।

प्रदेश सरकारले अब आर्थिक कार्यविधी विधेयक दर्ता गर्ने तयारी गरेको बुझिएको छ।

यो भन्दा पहिले फाल्गुन २७ गते बसेको बैठकले विधेयक दर्ता गर्ने प्रयास गरिएपनि विधेयक अपूर्ण रहेको भन्दै संसद सचिवालय दर्ता गर्न अस्वीकार गरेको थियो।

प्रदेशसभा बैठकमा विधेयक प्रवेश गर्नु अघि सचिवालयमा दर्ता गराई ४८ घण्टापूर्व अध्ययन गर्नको लागी प्रदेशसभा सदस्यहरुलाई उपलब्ध गराउने प्रावधान रहेको छ।

आर्थिक कार्यविधि विधेयकको साथै अन्य दुई÷तीन वटा विधेयक मन्त्रीपरिषदले स्वीकृत गरि सकेको छ भने प्रदेशसभाको अर्को बैठक चैत १२ गते बोलाइएको छ।

यस्तै बैठक भन्दा पहिले १० गते सम्म विधेयक दर्ता गराउने सरकारको तयारी रहेको जनाईएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?