
जनकपुर – जनकपुर अञ्चल अस्पताल नजिक नचिनेका मानिसको समूहले मोटरसाइकलमा आगो लगाएको छ ।
मंगलबार राति ८ बजे स्थानीय अजीत मेडिकल हलको पछाडि पार्किङ्ग गरी राखिएको ज १० प ३५३७ नम्बरमो मोटरसाईकलमा नचिनेका मानिसको समूहले आगो लगाएको हो ।
त्यो मोटरसाइकल जनकपुर उपमहानगरपालिका–१ वकिल टोलका अजीत साहको रहेको प्रहरीले जनाएको छ । आगोले गर्दा मोटरसाईकल पूर्णरुपले जलेको छ ।