मान्सीका कवितामा न्युयोर्कको जीवन्त तस्बिर

मान्सीका कवितामा न्युयोर्कको जीवन्त तस्बिर
+
-

काठमाडौं–  विराटनगरको बालकल्याण विद्यामन्दिर, काठमाडौँको बुढानिलकण्ठ स्कुल, अमेरिका मिचिगनको कालामाजु कलेज हुँदै न्युयोर्कको पेन इन्टरनेसनलसम्मको यात्रा २० वर्षकै उमेरमा तय गरिन् मान्सी दाहालले।

कालामाजु कलेज पढ्दापढ्दै उनको रुचि कवितामा गहिरियो र उनी पेन इन्टरनेसनलमा इन्टर्न बन्न पुगिन्। स्ल्याम पोयट्रीमा समेत रुचि राख्ने मान्सीले आफ्नो न्युयोर्क बसाइका क्रममा महसुस गरेका अनेकौँ अनुभूतिहरुमध्ये ११ अनुभूतिहरुलाई कवितामा बाँधिन्। उनले लेखेका ती कविताहरुको संग्रह पेन इन्टरनेसनलमा उनी इन्टर्न छँदै न्युयोर्कबाट प्रकाशित भएको छ।

मान्सीको हृदयमा कविताप्रति गहिरो प्रेम छ। त्यसैगरी जीवनप्रति। सम्बन्धहरुप्रति। सम्बन्धका आयामहरु उनी मिहीन ढंगले केलाउँछिन्।

नजोडिएका यस्ता धेरै सम्बन्ध छन् जो गाँसिएका वा आफूसँग भएका भन्दा प्रिय हुन्छन्। देखेका यस्ता धेरै वास्तविकता छन्, जसले हृदय लामो समयसम्म झंकृत भइरहन्छ।

यस्तै नजोडिएको स्वादिलो सम्बन्ध, रहरलाग्दो रहर, भरिलो आश अनि आकार लिँदै गरेका सपनाहरुको संग्रह बनेको छ, ‘नो नेम्स बट कनेक्सन।’

अंग्रेजीमा लेखिएका ११ कविता अटाएको पुस्तिका हो यो जुन डिजिटल भर्सनमा उपलब्ध छ। भाषा अंग्रेजी, परिवेश अमेरिकी। तर, त्यसमा रंग भने नेपाली।

अमेरिकाको न्युयोर्कमा मान्सीले लिएका जीवनका स्वाद र मसिना क्षणहरुको कवितात्मक अभिव्यक्ति हो, ‘नो नेम्स बट कनेक्सन’ ।

सम्झेर पनि भुलिने सम्झना अनि चाहेर पनि भुल्न नसकिने भेटहरुलाई बान्की परेका कवितामा अभिव्यक्त गरेकी छन् । नजोडिएका यस्ता धेरै सम्बन्ध छन् जो गाँसिएका वा आफूसँग भएका भन्दा प्रिय हुन् । देखेका यस्ता धेरै वास्ताविकता छन्, जो रहर भन्दा रहर लाग्दा हुन् ।

अनि छन् आशहरु जो, भरिला छन् आश भन्दा। सँगै बाँचेका छन् धेरै आकार लिन बाँकी सपनाहरु।

यस्तै नजोडिएको स्वादिलो सम्बन्ध, रहर लाग्दो रहर, भरिलो आश अनि आकार लिँदै गरेका सपनाहरुको संग्रह बनेको छ, ‘नो नेम्स बट कनेक्सन’।

नेपाली छोरी जो अमेरिकाको न्युयोर्कमा बसेर जीवनको स्वाद लिँदैछे, उसको नजर अनि उसँग जोडिन आएका मसिना क्षणहरुको अभिव्यक्ति हो, ‘नो नेम्स बट कनेक्सन’ ।

सम्झेर पनि भुलिने सम्झना अनि चाहेर पनि भुल्न नसकिने भेटहरुलाई बान्की परेका कवितामा अभिव्यक्त गरेकी छन् मान्सीले।

उनले आफ्ना कवितामा न्युयोर्कको जीवनलाई नेपालको सम्झनासँग जोडेकी छन्। सपनालाई रहरसँग। हतारोमा आफू रहँदा अरुलाई पनि त्यस्तै देख्ने कविता छ। अनि छ घरबार बिहीनहरुमाथि गरिने अनुदार व्यवहारको नमूना।

नेपाली र अंग्रेजीमा कयौँ कविता प्रकाशित गरिसकेकी मान्सीले स्ल्याम पोयट्री प्रतियोगिताहरुमा समेत भाग लिइसकेकी छन्।

न्युयोर्कको

नो नेम्स बट कनेक्सन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?