समस्यामा फेसबुक

फेसबुकले स्वीकार गर्‍यो गल्ती, व्यक्तिगत विवरण असुरक्षित : अब के हुन्छ ?

+
-

सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफूहरुबाट प्रयोगकर्ताको व्यक्तिगत जानकारी सुरक्षित राख्ने विषयमा गल्ती भएको स्वीकार गरेका छन् ।

आफ्ना दशौँ लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणको सुरक्षा गर्न नसक्दा धेरैको जानकारी राजनीतिक परामर्शका लागि प्रयोग भएको उनले स्वीकार गरेका हुन् ।

क्याम्ब्रिज एनालिटिका (सिए) ले फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण अवैध रुपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गरेको आरोप लागेको छ र फेसबुकले आफ्ना प्रयोगकर्ताका जानकारी सुरक्षित गर्न वा त्यसलाई अवैध काममा प्रयोग हुनबाट रोक्न नसकेको आरोप छ ।

फेसबुकले प्रयोगकर्ताको जानकारी राजनीतिक उद्देश्य पूर्तिमा लागि प्रयोग भएको सम्बन्धी यो पछिल्लो स्क्याण्डलबारे पहिलो औपचारिक प्रतिक्रियामा आफ्नो कमजोरी स्वीकार गरेको हो । यस सम्बन्धी पहिलो वक्तव्यमा सामाजिक सञ्जालका सिइओ जुकरबर्गले फेसबुकले आफ्ना प्रयोगकर्ताको विश्वासको उल्लंघन गरेको स्वीकार गरेका हुन् ।

उनले भनेका छन्,

‘हामीसँग तपाईंहरुको जानकारी सुरक्षित गर्ने जिम्मेवारी छ । यदी हामीले त्यस्तो गर्न सकेका छैनौँ भने हामीलाई सेवा गर्ने अधिकार पनि छैन । फेसबुक मैले सुरु गरेको हो र यसमा जे हुन्छ अन्तिममा त्यसको जिम्मेवारी पनि मैले नै लिनु पर्छ ।’

जुकरबर्गले के भने ?


फेसबुकमाथि प्रयोगकर्ताको जानकारीको सुरक्षा वा अरु विभिन्न विषयमा रहेर आरोप आएको यो पहिलो पटक होइन । तर यसपटक जानकारी राजनीतिक उद्देश्य पूर्तिका लागि भएको आरोपले समस्या थप जटिल बनेको छ ।

प्रयोकर्ताको जानकारीफेसबुकका सिइओ जुकरबर्गले सन् २०१४ मा सबै फेसबुक एप्लिकेशनको गम्भीर अनुसन्धान गरी प्रयोगकर्ताको व्यक्तिगत विवरणमा हुने पहुँच निकै कम गरिएको बताए । अहिले पनि आफूहरु संकास्पद सबै एप्लिकेशनमाथि सबै किसिमको अनुसन्धान गर्नका लागि तयार रहेको र गरिने उनको भनाई छ ।

अनुसन्धानको क्रममा सहकार्य नगर्ने वा त्यसलाई लागु गर्न नचाहने डेभलपरमाथि आफूहरुले प्रतिबन्ध लगाउने पनि जुकरबर्गको भनाई छ ।

यसैगरी अहिले व्यक्तिगत विवरण अनधिकृत रुपमा प्रयोग गरिहेका डेभलपरमाथि प्रतिबन्ध लगाउने र उनीहरुका प्रयोगकर्तालाई त्यसको प्रभाव बारे जानकारी दिइने पनि उनले बताएका छन् ।

अब के गरिँदै छ ?


भविष्यमा फेसबुकले प्रयोगकर्ताको व्यक्तिगत विवरणमा रहँदै आएको पहुँचलाई थप कडा बनाउने तयारी गरेको उनले जानकारी दिएका छन् ।

यसैगरी प्रयोकर्ताले कुनै पनि डेभलपरले बनाएको एप्लिकेशन तीन महिनादेखि एक्टिभेट गरेका छैनन् भने त्यस्ता डेभलपरको व्यक्तिगत विवरणमाथिको पहुँच पूर्णरुपले बन्द गरिने योजना रहेको फेसबुकले जनाएको छ ।

अबदेखि कुनै पनि फेसबुक प्रयोगकर्ताले अरु कुनै एप्लिकेशन प्रयोग गर्दा मागिने व्यक्तिगत विवरण कम गरिने छ । अब नाम, प्रोफाइल फोटो र इमेल एड्रेसकै आधारमा मात्रै एप्लिकेशन चलाउन मिल्ने बनाइने फेसबुकले जनाएको छ ।

यसैगरी डेभलपरले पनि व्यक्तिगत विवरणका लागि अबदेखि अनुमति माग्नु पर्ने र सम्झौता गर्नु पर्ने व्यवस्था लागु गर्ने जनाइएको छ ।

जुकरबर्गले सिएका सम्बन्धमा अहिले र अबदेखि कुनै जानकारी लगत प्रयोग नभएको र हुन नदिने तर विगतको कुरालाई परिवर्तन गर्न भने नसकिने बताए ।

घटना यस्तो हो


फेसबुकका ५० मिलियन भन्दा बढी प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक परामर्श दिने फर्मले अनधिकृत रुपमा प्रयोग गरेको भन्ने आरोप लागेपछि आलोचना सुरु भएको हो ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको प्रचार प्रसार टिमले अनुबन्धित गरेको क्याम्ब्रिज एनालिटिका (सिए) ले फेसबुकका प्रयोगकर्ताको व्यक्तिगत विवरण लिएर त्यसलाई राजनीतिक प्रचारका लागि प्रयोग गरेको आरोप छ ।

सिएमाथि फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण अनधिकृत रुपमा लिएको आरोप लागेपछि उसले आफ्ना प्रमुख अलेक्जेण्डर निक्सलाई निलम्बित गरेको छ ।

अमेरिकाको निर्वाचन कानुनको सिएले उल्लंघन गरेको हुन सक्ने आरोप छ । बेलायतको लण्डनमा आधारित कम्पनी सिएले भने आफूले कुनै किसिमको गलत काम नगरेको दाबी गर्दै आएको छ ।

अनुसन्धान सुरुफेसबुकले पनि आरोप अस्वीकार गर्दै आएको थियो । बेलायत तथा युरोपियन युनियनको संसदले फेसबुकका प्रमुख मार्क जुकरबर्गसँग प्रयोगकर्ताको जानकारी सुरक्षित रहेको र कुनै किसिमले गलत प्रयोग नभएको प्रमाण दिन माग गरेका छन् ।

फेसबुकमाथि हुने गरेको आलोचना नयाँ होइन तर पछिल्लो पटक प्रयोगकर्ताको जानकारी असुरक्षित मात्रै नभई अनधिकृत रुपमा प्रयोग गर्न दिएको कुराले उसमाथिको दबाब अहिलेसम्मकै उच्च भएको छ ।

गएको हप्ता बेलायती पत्रिका द गार्डियन र अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले फेसबुकका दशौँ लाख प्रयोगकर्ताको जानकारी अनधिकृत रुपमा प्रयोग भइरहेको र यसबारे फेसबुकले प्रयोगकर्तालाई जानकारी नदिएको भन्दै खबर छापेका थिए । डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले फेसबुकबाट प्रयोगकर्ताको जानकारी संकलन गरेको उनीहरुले दाबी गरेका छन् ।

यो खबर आएपछि फेसबुकले क्याम्ब्रिज एनालिटिकाको पेज बन्द गरेको छ । एनालिटिकाले अनधिकृत रुपमा जानकारी संकलन गरेको र त्यसलाई डिलिट पनि नगरेको दाबी गरिएको छ ।

एनालिटिकाले बनाएको पर्सनालिटी क्वीज एप्लिकेशन मार्फत फेसबुक प्रयोगकर्ताको जानकारी संकलन गरिएको दाबी छ । यसरी संकलन गरिएको जानकारी सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको पक्षमा प्रचार गर्नका लागि प्रयोग भएको दाबी गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?