जनकपुरका सडक मर्मत नगरे आन्दोलनमा जाने चेतावनी

जनकपुरका सडक मर्मत नगरे आन्दोलनमा जाने चेतावनी
+
-

जनकपुरधाम-  जनकपुरमा सडक निर्माण कार्यमा ढिलाइ हुँदा उद्योगी व्यवसायीहरु मर्कामा परेको र घाटा व्यहोर्न बाध्य भएकाले यसको निराकरण गर्न उद्योग वाणिज्य संघ जनकपुरले आग्रह गरेको छ।

जनकपुर उद्योग वाण्ज्यि संघ जनकपुरले उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै सडक निमार्ण कार्यले भएको समस्या समयमै नरोके आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ।

संघले मेयर लालकिशोर साहलाई ज्ञापनपत्र बुझाउँदै निर्माण कार्यमा भइरहेको ढिलाइ र धुलोको समस्या समयमै निराकरण नगरिए आन्दोलनमा उत्रन बाध्य हुने जनाएको हो।

पर्यटकीय र धार्मिक दृष्टिकोणले ऐतिहासिक नगरी जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी घोषणा भइसकेकाले निर्माण कार्यमा काँधमा काँध मिलाई साथ चल्न तयार रहेको वाणिज्य संघले बताएको छ।

निर्माणको समयमा उत्पन्न समस्यालाई उपमहानगरपालिकाले नजरअन्दाज गरे वाणिज्य संघ चुप लागेर नबस्ने र आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ।

एडिबी परियोजना र एकीकृत शहरी विकास आयोजना अन्तर्गत भइरहेको सडक निर्माण कार्यमा शिवचौक, भानुचौकसहित जनकपुरका विभिन्न ठाउँका बाटोघाटोबाट निस्कने धुलोले स्वास्थ्यमा असर पर्ने हुँदा पानी छर्कन पनि आग्रह गरिएको छ।

ज्ञापनपत्र बुझ्दै मेयर साहले विकास निर्माणमा वाणिज्य संघले देखाएको गम्भीरतालाई सराहना गरे। जनसहभागिताको कमीले विकास निर्माण कार्यमा ढिलाइ भएको बताउँदै उनले आफूले पनि निर्माण कार्यलाई गम्भीरतासाथ लिएको उल्लेख गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?