‘गिरिजाकै दूरदर्शिताले मुलुकमा शान्ति आयो’

‘गिरिजाकै दूरदर्शिताले मुलुकमा शान्ति आयो’
+
-

विराटनगर- स्वर्गीय गिरिजाप्रसाद कोइरालाकै दूरदर्शिताकै कारण मुुलुकमा शान्ति स्थापना भएको कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले बताएका छन्।

विराटनगरमा बिहीबार कोइरालाको आठौं स्मृति दिवसका अवसरमा आयोजित कवि गोष्ठीका क्रममा नेता रिजालले कोइरालाले अघि सारेको सहमति, सहकार्य र एकताको मर्म अनुसार सबै दल अघि बढे मुलुकले छिट्टै आर्थिक सम्बृद्धि हासिल गर्ने बताए।

कार्यक्रममा नेता रिजालले आर्थिक, सामाजिक र लैंगिक अधिकारका विषयमा कलम चलाउन कविहरुलाई आग्रहसमेत गरे।

पार्टी कार्यालयमा भएको कार्यक्रममा झापा, मोरङ र सुनसरीका साहित्यकार उपस्थित थिए।

कार्यक्रममा प्राज्ञ विवश पोखरेल, गोपाल भण्डारी, गोकुल अधिकारी, निर्मला कोइराला, भरत गुरागाईं, दिङ्लाली कान्छो, मीनकुमार नवोदित, मञ्जुश्री गिरी, शुभलक्ष्मी लम्साल, भीष्म काफ्ले, लावण्य सापकोटा, राधा भट्टराईले कविता सुनाएका थिए।

कार्यक्रममा स्मृति दिवसका अवसरमा यससाता भएको टेबलटेनिस र ब्याडमिन्टन प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?