कर्णाली प्रदेशमा एनजीओ र आइएनजीओलाई निषेध गर्ने मुख्यमन्त्रीको उद्घोष

कर्णाली प्रदेशमा एनजीओ र आइएनजीओलाई निषेध गर्ने मुख्यमन्त्रीको उद्घोष
+
-

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा एनजीओ/आईएनजीओलाई कानुन बनाएरै निषेध गर्ने बताएका छन्।

उनले एनजीओ/आईएनजीओले गर्दा नै कर्णालीको गरिबी बढेको दाबी गरे।

शाहीले भने, ‘श्रम गर्ने कर्णालीको जनतालाई एनजीओ/आईएनजीओले नै बिगारेका छन्।कर्णालीको दुख देखाएर संसारबाट पैसा उठाएका छन्, अब हामी त्यस्तो गर्न दिदैनौं।’

प्रदेश सरकारका मन्त्रीहरुलाई एनजीओ/आईएनजीओसँग भेट्न रोक लगाएको उल्लेख गर्दै शाहीले मुख्यमन्त्री कार्यालय मार्फत मात्र एनजीओ/आईएनजीओलाई काम गर्न अनुमति दिने बताए।

‘अब कर्णालीमा मन लागेको क्षेत्रमा उनीहरुकाम गर्न पाउने छैनन्, हाम्रो प्राथमिकताको क्षेत्रमा हामीले भने अनुसारनै काम गर्छन भने हामी स्वागत गर्छौं,’ मुख्यमन्त्री शाहीले भने।

शाहीले निजी क्षेत्रप्रति भने प्रदेश सरकार उदार हुने बताएका छन्। रारा कर्णाली भ्रमण वर्ष-२०७५को घोषणा गर्दै पर्यटनसँग सम्बन्धित क्रियाकलापहरुमा १ वर्ष सम्म कर छुट दिने उनले बताए।

उनले भने, ‘लगानी बिना कर्णाली सम्बृद्ध हुन सक्दैन तर अबको ३ महिना भित्र प्रदेश सभाबाट कानुन बनाएर एनजीओ/आईएनजीओलाई नियमन गरिनेछ।’

कर्णाली प्रदेशका अन्य मन्त्रीहरुले भने एनजीओ/आईएनजीओ निषेध नभएर नियमन गर्ने बताएका छन्। उनीहरुले कर्णालीमा अब  एनजीओ/आईएनजीओले आफूखुसी गर्न नपाउने बताएका छन्।

मुख्यमन्त्री शाहीकै लयमा मन्त्रीहरुले एनजीओ/आईएनजीओले अहिले संचालन गरेका कार्यक्रमहरु पनि सरकारको प्राथमिकता अनुसार चल्नु पर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?