पूर्वी नवलपरासीमा सञ्‍चारको सुविधा नहुँदा समस्या

पूर्वी नवलपरासीमा सञ्‍चारको सुविधा नहुँदा समस्या
+
-

नवलपरासी- पूर्वी नवलपरासीको पहाडी क्षेत्रका बासिन्दा सञ्चारको सुविधा नहुँदा समस्यामा परेका छन् ।

पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली, बलिङटार, हुप्सेकोट, बिनयी त्रिवेणी गाउँपालिका र गैँडाकोट नगरपालिकाअन्तर्गत पर्ने केही पहाडी क्षेत्रमा सञ्चारको सहज पहुँच नहुँदा यस क्षेत्रका बासिन्दा समस्यामा परेका हुन्।

नेपाल टेलिकमको टावर पर्याप्त नहुँदा सहजरुपमा मोबाइल सेवासहित इन्टरनेट सेवाबाट समेत स्थानीय वञ्चित जस्तै बनेका छन्। जिल्लाको पहाडी क्षेत्रमा नवलपरासीको धौवादीमा नेपाल टेलिकमको सिडीएमएको टावर राखिएको छ।

यस्तै डेढगाउँमा पनि नेपाल टेलिकमको टावर भए पनि दुवै टावरले नजिकका केही गाउँमा सञ्चारको लागि सहज भए पनि पहाडी क्षेत्रका अधिकांश क्षेत्रमा भने टावरको क्षमता नपुग्दा सञ्चार सेवाबाट वञ्चित हुँदै आएका छन्।

जिल्लाको पहाडी भागका केही स्थानमा निजी दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको टावर छन् तर यी पनि पर्याप्त मात्रामा छैनन् । पहाडी क्षेत्रका बुलिङटार, पोखरी, देउराली, अर्खलालगायतका क्षेत्रमा तनहुँमा रहेको टावरले अलिकति काम गर्ने भए मोबाइलबाट कुरा गर्दा काटिने, नबुझिने समस्या हुने गरेको स्थानीयको गुनासो छ।

पहाडी क्षेत्रलाई लक्षित गरी आउँदो आर्थिक वर्षका लागि केही योजना केन्द्रबाट आएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय भैरहवाका वरिष्ठ प्राविधिक अधिकृत सुरेन्द्रराज गौतमले बताए।

उनका अनुसार आगामी आवमा हुप्सेकोट, कोटथर, मैनाघाट, नरम, राँकाचुलीमा टावर निर्माणको योजना भएको र यसबाट पनि समेट्न नसकेका अन्य कुनै स्थान भए र माग आएमा आफूहरुले थप योजनाका लागि केन्द्रमा सिफारिस गर्न सक्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?