बजेट अभावमा जिल्ला अस्पतालमा ‘न्यानो झोला’ कार्यक्रम स्थगित

बजेट अभावमा जिल्ला अस्पतालमा ‘न्यानो झोला’ कार्यक्रम स्थगित
+
-

लमजुङ-जिल्ला अस्पतालमा बजेट नहुँदा सुत्केरीले पाउने ‘न्यानो झोला’ कार्यक्रम स्थगित भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत आउने रकम चालू आर्थिक वर्षमा स्थानीय तहमा गएपछि विगत चार महिनादेखि सो कार्यक्रम स्थगित भएसँगै जिल्लाका सुत्केरी महिला तथा नवजात शिशु प्रभावित भएका छन्।

कार्यक्रम नियमित गर्न सम्बन्धित स्थानीय तहसँग बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य संस्थामै गएर सुरक्षित सुत्केरी गराउनेको संख्या वृद्धि भइरहेका बेला सरकारले दिँदै आएको उक्त कार्यक्रम स्थगित हुनु दुर्भाग्य भएको उक्त अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले बताए।

नियमित जाँच गराई स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई सरकारले रु एक हजार ४०० सहित न्यानो झोला दिँदै आएको थियो।

न्यानो झोलामा नवजात शिशुलार्ई भोटो, तैलिया, रुमाललगायतका न्यानो कपडाका साथ आमाका लागि दुईजोर म्याक्सी राखिन्थ्यो।स्थानीय तहबाट बजेट वा सामग्री आएलगत्तै कार्यक्रमलाई निरन्तरता दिने अस्पतालले जनाएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’