अभिनेत्री सोनम कपुरले लगनगाँठो कस्ने

अभिनेत्री सोनम कपुरले लगनगाँठो कस्ने
+
-

एजेन्सी- बलिउडकी अभिनेत्री सोनम कपुरले विवाह गर्ने भएकी छिन्। लामो समय प्रेम सम्बन्धमा रहेका ब्‍वाइफ्रेण्ड आनन्द आहुजासँग आउँदो मे ११ र १२ तारिखमा विवाह गर्न लागेकी भारतीय सञ्‍चारमाध्‍यमले उल्लेख गरेका छन्।

अहिले उनी ‘वीरे दी वेडिङ’ को सुटिङमा व्‍यस्त छिन्। सुटिङ सक्किएलगत्तै विवाह बन्धनमा बाँधिने उनको पारिवारिक स्रोतले जनाएको छ। स्रोतका अनुसार सोनमको विवाह विश्‍वकै महँगो मध्‍येमा पर्ने सहर स्विट्जरल्‍याण्डको जेनेभामा हुने पारिवारिक स्रोतलाई उल्लेख गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन्।

यस्तै उनले आफ्‍नो विवाहको लागि कान्छी बहिनीसँग जेनेभाका धेरै ठाउँ हेरिसकेकी छिन भने केही ठाउँ आफ्नो विवाहको लागि बुक पनि गराइसकेकी छिन्। विवाहको ड्रेसका लागि प्रसिद्ध डिजाइनर अबु जानी तथा सन्दीप खोसलासँग कुरा गरिसकेकी छन्।

फ्लाइट्सको पनि बुकिङ सुरु

पारिवारिक स्रोत अनुसार सोनमको विवाहको मिति, समय र स्थानका लागि फ्लाइटको समेत बुकिङ सुरु भइसकेको छ।

बुवा अनिल कपुरले उनको विवाहको लागि बुकिङ सुरु गरिसकेका छन्। उनले विवाह हुने उपस्थित पाहुनाहरुलाई समेत विवाहको निमन्त्रणा पठाउन थालिसकेका छन्।

सोनमको ब्‍वाइफ्रेन्ड फेसनब्राण्डको मालिक
सोनम कपुरले सन् २०१६ मा बुवा अनिल कपुरको ६० औँ जन्मजयन्तीमा आनन्द आहुजासँग आफ्न‍ो सम्बन्ध रहेको सार्वजनिक रुपमै बताएकी थिइन्।

आनन्द आहुजा दिल्‍लीका ठूला व्‍यापारी हुन। पछिल्लो २ वर्षदेखि दुवै जना गोप्य रुपमा डेटिङ गरिरहेका छन्। दुवै जना कहिले कार्यक्रममा त कहिले लण्डनको लोकेशनमा देखा परिसकेका छन्।

आनन्द फेशन ब्राण्ड ‘भाने’का मालिक हुन्। उनले ह्वाट्न बिजनेस स्कुल अमेरिकाबाट अध्‍ययन गरेका हुन्। भाने सोनमको मन पर्ने फेशन ब्राण्डमध्‍ये एक हो। सोनमले धेरै पटक आनन्दलाई भेट्‍ने बहानामा भानेको डिजाइनहरु अर्डर गर्थिन् बेलाबेलामा।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?