पिटर जे कार्थकले ल्याए काठमाडौँका संभ्रान्तहरुको कथा

पिटर जे कार्थकले ल्याए काठमाडौँका संभ्रान्तहरुको कथा
+
-

काठमाडौँ- ‘प्रत्येक ठाउँः प्रत्येक मान्छे’ नामक उपन्यास लेखेर सन् १९७८ को साझा पुरस्कार पाएका उपन्यासकार पिटर जे कार्थक आफ्नो दोस्रो उपन्यास लिएर आएका छन्।

अंग्रेजी भाषामा लेखिएको उनको उपन्यास ‘काठमान्ड्रुइड्स’को शनिबार विमोचन भयो। लेखक सिकेलाल, सम्पादक अखिलेश उपाध्याय र निबन्धकार शेखर खरेलले उपन्यासको संयुक्त विमोचन गरेका थिए।

उपन्यासमाथि टिप्पणी गर्दै लेखक सिके लालले उपन्यासमा काठमाडौँका दुईथरि सम्भ्रान्तको चित्रण गरिएको बताए। ‘उपन्यासमा एकातिर आफ्नो अस्तित्व कायम राख्न संघर्ष गरिरहेका सम्भ्रान्त वर्ग छन् भने अर्कोतर्फ पैसा र शक्ति आर्जन गरिसकेका सम्भ्रान्त बन्न कोसिस गरिरहेकाहरु छन्’, लालले टिप्पणी गरे। उनले कार्थकको लेखन शैलीको पनि प्रशंसा गरे। ‘शब्दमा संगीत हुन्छ, संगीतकै पृष्ठभूमिबाट आएकाले होला पिटरले शब्दको संगीत कायम राखेका छन्,’, लालले बताए। तथ्य र सत्य अनुभूति दुवैलाई मिश्रण गरेकाले उपन्यास केही बोझिलो भएको उनले टिप्पणी गरे।

द काठमान्डु पोस्ट्का सम्पादक अखिलेश उपाध्यायले उपन्यासमा काठमाडौँ सभ्यताको गरिमामय इतिहास र सुन्दर पक्षसहित नकारात्मक पक्षको पनि सजिव चित्रण गरिएको बताए। केही हदसम्म प्रयोगात्मक ढंगले लेखिएकाले उपन्यास ‘फन रिडिङ’का लागि नभई गम्भीर अध्ययनको लागि उपयुक्त हुने उनको टिप्पणी थियो। ‘यो उपन्यासको कथा लिनियर छैन’, उपाध्यायले भने, ’यो उपन्यासको सौन्दर्य नै यही हो। यसमा हरेक कथामा ससाना उपकथाहरु पनि जोडिन्छन्।’

निबन्धकार शेखर खरेलले कार्थकको बहुआयामिक जीवनको चर्चा गरे। ‘उनको जीवन सोझो रेखामा गएको छैन। उहाँ अम्बर गुरुङको चेलादेखि क्यासिनोको सुपरिवेक्षक, सडक निर्माता, कलेज र स्कुलका अध्यापक, पत्रकारसम्म हुनुभएको छ’, खरेलले बताए। सन् १९६६ मा भारतको दार्जिलिङबाट काठमान्डु आएका कार्थक यहाँको इन्साइडर र आउसाइडर दुवै भएको र दुवै आँखाबाट नियालेको काठमाडौँ उपन्यासमा समेटिएको खरेलले टिप्पणी गरे।

उपन्यासकार कार्थकले उपन्यासमा प्रयुक्त लेखन शैलीबारे व्याख्या गरे।

नेपाल मण्डला र आधुनिक काठमाडौँको कथा सँगसँगै लेखिएकाले उपन्यास ‘डबल हेलिक्स’ भएको उनले बताए। ‘यो पुस्तकले तपाईँलाई आकर्षित गर्दैन बरु चुनौती दिन्छ’, उनले कथानकको जटिलताबारे व्याखया गरे।

दुवै कथानकलाई सँगसँगै लैजाँदा अन्त्यमा पुस्तक अध्ययनको रोमाञ्चकता महसुस हुने उनले बताए।

उपन्यास बुक हिल पब्लिकेसनले बजारमा ल्याएको हो ।

दर्शक दिर्घामा उपन्यासकार पिटर जे कार्थक।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?