
लेखक सरस्वती ज्ञवालीले आफ्ना जीवनका संघर्ष, अनुभव र अनुभूति संगालेर लेखेको पुस्तक ‘लालटीनको उज्यालोमा’ शनिबार लोकार्पण गरिएको छ।
अक्षर क्रियसनद्वारा प्रकाशित उक्त पुस्तक राजधानीमा आयोजित एक विशेष कार्यक्रममा लेखक सरस्वती ज्ञवाली सहित पाँच जनाले सामूहिक रुपमा लोकार्पण गरेका थिए।
महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, प्रधानमन्त्री केपी ओलीकी पत्नी राधिका शाक्य, राष्ट्रिय सूचना आयोगकी सदस्य यशोदा तिमिल्सिना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कृष्णचन्द्र शर्मा र पुस्तक प्रकाशक डा. अर्चना थापाले सरस्वतीको पुस्तक सार्वजनिक गरेका थिए।

लेखक सरस्वती ज्ञवाली।
तस्बिरहरु: बर्षा शाह