नेपाली चलचित्रकी पहिलो महिला संगीतकार शान्ती ठटाल अभिनन्दित

नेपाली चलचित्रकी पहिलो महिला संगीतकार शान्ती ठटाल अभिनन्दित
+
-

पोखरा – नेपाली चलचित्रकी पहिलो महिला संगीतकार शान्ती ठटाललाई पोखरामा अभिनन्दन गरिएको छ ।

पोखरालाई कर्मथलो बनाएका महिला गायिकाको संस्था हार्मोनीले दार्जिर्लिङमा रहेर नेपाली संगीतमा योगदान गर्दै आएकी गायिका, संगीतकार तथा नेपाली चलचित्रकी पहिलो महिला संगीतकार ठटाललाई शनिबार भएको टेस्ट अफ हार्मोनी कार्यक्रमको क्रममा अभिनन्दन गरिएको हो ।

सँकृतिकर्मी चेतनकार्कीबाट अभिनन्दन ग्रहण गरेपछि संगीतकार ठटालले पोखरा संगीत जस्तै सुन्दर रहेको र त्यो भन्दा पनि पोख्रेली चेलीले एकठाउँमा उभिएर संगीतको क्षेत्रमा काम गर्नका लागि गरेको प्रयास अझ सुन्दर रहेको बताइन् ।

संगीतले जीवनलाई बोल्ने र पोख्रेली चेलीको प्रयास जीवन बोल्ने मात्रै होइन त्यसको अर्थ खोज्ने खालको रहेको बताइन् । गायिका इतु जोजिजुको नेतृत्वमा रहेको हार्मोनीमा पोखरामा रहेर विभिन्न कामसँगै संगीतकर्ममा लागेका १५ महिला आबद्ध छन् ।

दोस्रो पटक आयोजना गरिएको टेस्ट अफ हार्मोनीको क्रममा संगीतकार ठटाललाई अभिनन्दन गर्नुका साथै लोक गायिका हरिदेवी कोइराला र साहित्यकार उषा शेरचनलाई सम्मान गरिएको थियो । यस्तै महिला सारङ्गी वादक बर्त गन्धर्वलाई नव प्रतिभा सम्भान गरिएको थियो ।

कार्यक्रममा हार्मोनीमा रहेका महिला कलाकारले नयाँ तथा पुराना गीत प्रस्तुत गरेका थिए । पोखरा सभागृहमा भएको कार्यक्रममा पोखरा क्षेत्रका विभिन्न कलाकार तथा साहित्यकारको उपस्थििति थियो ।

यस्तै साहित्यकार प्रकाश सायमी, गीतकार सुवासचन्द्र ढुंगेलले अभिनन्दित तथा सम्मानित श्रष्ठाका बारेमा बोलेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?