काठमाडाै‌ं एसएसपी भन्छन्- अपराधी लुक्ने थलो बनेकाले गेस्टहाउसमा छापा

काठमाडाै‌ं एसएसपी भन्छन्- अपराधी लुक्ने थलो बनेकाले गेस्टहाउसमा छापा
+
-

काठमाडौं- काठमाडौं प्रहरी यतिबेला होटल र गेस्टहाउसमा छापा मार्न व्यस्त छ।

शान्ति सुरक्षा कायम गर्ने जिम्मा पाएको प्रहरी किन हाेटल र गेस्ट हाउस चहारिरहेको छ? काठमाडौं प्रहरी प्रमुख एसएसएपी विश्वराज पोखरेल शान्ति सुरक्षा खलबल बनाउने योजना होटल र गेस्ट हाउसमै बन्ने गरेका कारण ती क्षेत्रमा निगरानी बनाइएकाे बताउँछन्।

‘हामीले आपराधिक घटनाको विश्लेषण गर्दा अपराधीहरु लुक्ने अपराधका योजना बनाउने गुन्डा र कालो धनहरु कमाउनेहरु गेस्ट हाउसमै बस्ने गरेको पायौं। यो क्षेत्रलाई हामीले वास्ता गरेनौं भने अपराध नियन्त्रण गर्न सकिँदैन’, एसएसपी पोखरेल भन्छन्।

प्रहरीले विषेशगरी यौन व्यवसाय सन्चालन हुने अाशंकामा होटल र गेस्ट हाउसमा छापा मार्ने गरेको छ। तर एसएसपी पोखरेल  भन्छन्, ‘हामीले विशुद्धरुपमा अपराधी गेस्ट हाउसमा नलुकून् अपराधका योजना नबनाउन् भनेरै छापा मारेका हौं’, उनले भने।

प्रहरी दुई दिनको बीचमा सुन्धारा र कोटेश्वरका केही गेस्ट हाउसमा छापा मारी गेस्ट हाउस तथा होटल सन्चालक र त्यहाँ बसेका दर्जनौ‌ँलाई पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीले आइतबार कोटेश्वर क्षेत्रका ६५ वटा लज, गेस्ट हाउस र रेस्टुराँमा छापा मारी १० युवतीसहित २६ जनालाई पक्राउ गरेको थियो।

एसएसपी पोखरेलले शंकास्पदलाई नियन्त्रणमा  लिएर ससम्मान अनुसन्धान गरिएको बताए। ‘समातिएकामध्ये कोही पीडक छन् भने पीडित खोजेर मुद्धा चलाइन्छ’, एसएसपी पोखरेलले भने।

कतिपय भने प्रहरीको यस कामलाई चर्चा कमाउनकै लागि गरिने अप्रेसन भनि टिप्पणी गर्छन्।  केही साताअघि काठमाडौं प्रहरीले सोल्टीमोडस्थित बैदेशिक रोजगार विभागको श्रम कार्यालय परिसरमा स्टिङ अप्रेशन गरी विचौलियाको आरोपमा तीन दर्जन बढीलाई नियन्त्रणमा लिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?