पर्सा र सप्तरीमा दुर्घटना, २ जनाको मृत्यु, २ घाइते

पर्सा र सप्तरीमा दुर्घटना, २ जनाको मृत्यु, २ घाइते
+
-

पर्सा – पर्साको संखुवाप्रसौनीमा मोटरसाइकल दुघृटना हुँदा चालकको ज्यान गएको छ ।

संखुवाप्रसौनी गाउँपालिका–५ मा आइतबार बेलुका ना ५१ प २७७ नम्बरको मोटरसाइकलले ना १ त ८८७६ नम्बरको ट्रयाक्टरलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आएको ना ४० प ३८२४ नम्बरको मोटरसाइलसँग ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा ना ५१ प २७७ नम्बरको मोटसाइकलका चालक संखुवाप्रसौनीकै २२ वर्षे लक्ष्मीकान्त कलवारको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै आइतबार राति सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसाहामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । अरु दुईजना घाइते भएका छन् । ज्यान गुमाउनेमा स ९ प नम्बरको मोटरसाइकलका चालक सिरहाको सुखीपुर–५ का ३५ वर्षे राजीवकुमार चौधरी रहेका छन् ।

यस्तै मोटरसाइकलको पछाडि बसेका सप्तरीको बोदेबर्साइन नगरपालिका–८ का ३० वर्षे भुनेश्वर चौधरी र साइकल चालक सुरुङ्गा नगरपालिका–८ का ३० वर्षे महेश ठाकुर घाइते भएका छन् । उनीहरुको लहान उपचार भइरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?