सन्दीप आईपिएलका लागि म‌ंगलबार जाने

सन्दीप आईपिएलका लागि म‌ंगलबार जाने
+
-

काठमाडौं- नेपाली युवा स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटमा सहभागी हुन मंगलबार भारत प्रस्थान गर्दै छन्।

१७ वर्षीय सन्दीपलाई दिल्ली डेयर डेभिल्सले आवद्ध गरेको थियो। उनी २० लाख भारतिय रुपैयाँमा अाबद्ध भएका हुन्। सन्दीप आईपिएलमा आबद्ध हुने पहिलो नेपाली खेलाडी पनि हुन्।

केही दिनको चितवन बसाइपछि सोमबार काठमाडौ‌ं फर्किएका सन्दीपले अपरान्ह पत्रकार सम्मेलन पनि गर्दैछन्।

नेपालले खेलेका पछिल्ला दुई अन्तर्राष्ट्रिय प्रतियोगिता आईसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुई र विश्वकप छनोटमा सन्दीप टोलीका सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।

आईपिएलको आगामी स‌ंस्करण अप्रिल ७ देखि सुरु हुँदै छ। दिल्लीले आफ्नो पहिलो खेल अप्रिल ८ मा किंग्स इलेभेन पन्जाबविरुद्ध खेल्ने छ। त्यस अघि टोलीको करिब दुई साता लामो प्रशिक्षणमा सन्दीप सहभागी हुनेछन्।

सन्दीप एक नम्बरको जर्सी लगाएर प्रतियोगिता खेल्दैछन्।

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’