
देश सञ्चार
चैत १२, २०७४
अ
+
अ
अ
-
काठमाडौं- नेटवर्किङ धन्धा सन्चालन गरेको आरोपमा दुई विदेशी पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले बंगलादेशका राहत हसन राणा र भारतका तरशेम शर्मालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरु तीन चार महिना अघि नेपालमा आएका थिए।
आफुहरु अनलाइन नेटवर्क कम्पनी वेस्टर्न एफएक्सको नेपाल प्रतिनिधी रहेको र यसमा लगानी गरे हरेक महिना २० देखी ६० प्रतिशतसम्म नाफा दिने भन्दै ठगी गरेको प्रहरीको दाबी छ।

