‘बिनाअनुमति कुनै प्रयोगकर्ताको डाटा चलाएको छैन’

‘बिनाअनुमति कुनै  प्रयोगकर्ताको डाटा चलाएको छैन’
+
-

सानफ्रान्सिस्को- विश्‍वकै चर्चित सामाजिक सञ्‍जाल फेसबुकका कार्यकारी निर्देशक मार्क जुकरबर्गले प्रयोगकर्ताको अनुमितिबिना कुनै पनि फाइल वा टेक्स्ट नचलाएको बताएका छन्।

अमेरिकाबाट प्रकाशित हुने वासिङटन पोस्ट, न्‍यूयोर्क टाइम्स, वाल स्ट्रीट जर्नल र बेलायतका ६ पत्रिकाहरुलाई फुल पेज विज्ञापन दिँदै उनले फेसबुकका प्रयोगर्ताहरुको सबै डाटाहरु सुरक्षित साथ राखेको र सामाजिक दायित्व पूरा गर्न तत्पर रहेको बताएका छन्।

उनले उक्त विज्ञापनमा भनेका छन्, ‘हामीले एन्ड्रोइइडबाट चलाउने फेसबुक प्रयोगकर्ताको कल तथा टेक्स्ट उसको अनुमति बिना कुनै पनि सामाग्री चलाएको छैन। उसको सम्पत्ति हामीले सामाजिक उत्तरदायी सम्झेर सुरक्षित राखिदिएका छौ। उसको गोप्य तथा निजी सामग्रीहरु हटाइदिएको वा अरुलाई चलाउन दिएको छैन ‘

यस्तै फेसबुकका प्रवक्ता ब्रेन स्टलटरले प्रयोगकर्ताको कललाई सुरक्षित राख्‍ने दायित्व हामी सबैको रहेको बताएका छन्। उनले ट्विटर मार्फत भनेका छन्, ‘फेसबुकले फूल पेज विज्ञापन एनवाइ टाइम्स, वाल स्ट्रीट, वासिङटन पोस्ट र बेलायतका छ पत्रिकाहरुमा आज।’


यसअघि सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफूहरुबाट प्रयोगकर्ताको व्यक्तिगत जानकारी सुरक्षित राख्ने विषयमा गल्ती भएको स्वीकार गरेका थिए भने आफ्ना दशौँ लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणको सुरक्षा गर्न नसक्दा धेरैको जानकारी राजनीतिक परामर्शका लागि प्रयोग भएको उनले स्वीकार गरेका थिए।

क्याम्ब्रिज एनालिटिका (सिए) ले फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण अवैध रुपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गरेको आरोप लागेको छ र फेसबुकले आफ्ना प्रयोगकर्ताका जानकारी सुरक्षित गर्न वा त्यसलाई अवैध काममा प्रयोग हुनबाट रोक्न नसकेको आरोप छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?