शत्रु गते हेर्न नेताको लर्को, भने–समय खेर जाँदैन

शत्रु गते हेर्न नेताको लर्को, भने–समय खेर जाँदैन
+
-

काठमाडौं – प्रदर्शनरत चलचित्र ‘शत्रु गते’ ले राम्रो व्यापार गरिरहेको छ । यस्तै चलचित्र हेर्नेले पनि राम्रै प्रतिक्रिया दिइरहेका छन् ।
चलचित्रले प्रदर्शनको तीन दिनमै ३ करोड २७ लाख बराबरको कारोबार गर्न सफल भएको निर्माताले जनाएका छन् ।

प्रदर्शनको चौथो दिन सोमबार फिल्म हेर्न नेकपा एमालेक पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल हलमा पुगे । राजधानीको बागबजारमा रहेको सिटी म्याक्स हलमा उनीसहित नेताहरु भीम रावल , देवेन्द्र पौडेल, ठाकुर गैरे, जीवन राम श्रेष्ठ पुगेका थिए ।

पूर्व प्रधानमन्त्री खनालले फिल्म हेर्ने इच्छा व्यक्त गरेपछि उनको सचिवालयले हलमा विशेष शोको आयोजना गरेको थियो । शत्रु गते युनिट हलमा पुगेको थियो । हरिवंश आचार्य, किरण केसी, दीपक राज गिरी, दीपाश्री निरौला र प्रदीप भट्टराई हल पुगेका थिए ।

यसैगरी सोमबार नै सदाबहार नायक भुवन केसी र उनको ब्यानरमा बन्ने फिल्म ’‘याप्टेन’ का निर्देशक दिवाकर भट्टराईले पनि फिल्म हेरेका छन् । कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा भुवन र दिवाकरले फिल्म हेरेका हुन् ।

यस्तै चलचित्र ‘राम कहानी’ युनिटले पनि फिल्म हेरेका छन् । निर्देशक सुदर्शन थापासहित कलाकारहरु आकाश श्रेष्ठ, केदार घिमिरे ‘माग्ने बुढा’ र पूजा शर्मा फिल्म हेर्न पुगेका थिए ।

शत्रु गतेको निर्देशन प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । मह सञ्चारको ब्यनारमा निर्माण गरिएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् ।
चलचित्र हेरेपछि पूर्व प्रधानमन्त्री खनालले फिल्म निकै रमाइलो बनेको बताए । उनले आफ्नो समय खेर फाले जस्तो नलागेको पनि बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?