मुख्यमन्त्रीको कार्यालयमा महिला सुरक्षा डेस्क, हरेक जिल्लामा एक स्मार्ट सिटी

प्रदेश २ लाई नमूना प्रदेश बनाउन सयदिने कार्ययोजना

प्रदेश २ लाई नमूना प्रदेश बनाउन सयदिने कार्ययोजना
+
-

जनकपुरधाम- प्रदेश २ लाई नमूना प्रदेशको रुपमा विकसित प्रदेश सरकारले सयदिने कार्ययोजना सार्वजनिक गरेको छ।

प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै प्रदेश २ लाई नमूना प्रदेशको रुपमा विकास गर्ने बताएका छन्।

प्रत्येक जिल्लामा कम्तीमा एउटा स्मार्ट सिटीको नीति अवलम्बन गर्ने कुरा सरकारले आफ्नो सय दिने कार्य योजनामा समेटेको छ भने प्रदेश २ सरकारले अब ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान समेत चलाउने बताएको छ।

मुख्यमन्त्री लालबाबु राउतले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान घोषणा गरेका हुन्। यो योजना अन्तर्गत अब जन्मिने छोरीहरुको हकमा प्रदेश सरकारले विमा कम्पनीसँग साझेदारी गरेर छोरीहरुको शिक्षा विमा नीति ल्याउनेछ।

यस्तै हिंसा पीडित महिलाहरुले निःशुल्क एसएमएसमार्फत आफ्नो समस्या प्रदेश सरकार समक्ष राख्ने व्यवस्था गर्ने बताएको छ ।

सहयोगका लागि मुख्यमन्त्रीको कार्यालयमा ‘महिला सुरक्षा डेस्क’ स्थापना गरिने सय दिने कार्ययोजनामा उल्लेख छ ।

प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान, शहिद परिवारका लागि ‘एक परिवार, एक रोजगार’ कार्यक्रम, स्थानीय तहका आवासीय क्षेत्रलाई सडकसँग जोड्न ‘मुख्यमन्त्री सडक योजना’ समेत अघि सारेको छ ।

८ वटै जिल्लामा एक एक स्मार्ट सिटी

यता, प्रदेश २ मा पर्ने ८ वटै जिल्लामा कम्तीमा एकएक स्मार्ट सिटी बनाउने अवधारणा अघि सारिएको जनाइएको छ। प्रदेशस्तरीय लगानी बोर्ड नै गठन गर्ने र लगानीमैत्री प्रदेशका रुपमा विकास गर्ने प्रदेश २ सरकारको योजना छ।

प्रदेश २ अन्तर्गतका आठवटै जिल्लामा विशेष आर्थिक क्षेत्र घोषणा गर्ने, आर्थिक क्षेत्रलाई बन्द हड्ताल मुक्त बनाउने, माछा जोनको विकास गरिने समेत जनाइएको छ।

यता, चुरे संरचनाको छुट्टै नीति ल्याउने, बाढी, आगजनी तथा शितलहर पीडितहरुका लागि सहयोग गर्न मुख्यमन्त्री राहत कोष स्थापना गर्ने प्रदेश सरकारको १०० दिने कार्ययोजनामा उल्लेख छ।

प्रदेश सरकारले कानुनहरु द्रुत निर्माण गर्ने र त्यसका लागि सहजीकरण समिति नै बनाउने बताउँदै प्रदेशलाई स्वच्छ बनाउन तत्काल मुख्यमन्त्री स्वच्छता अभियान लागु गरिने मुख्यमन्त्री राउतले जानकारी दिएका छन्।

धार्मिक पर्यटन प्रवद्र्धनको लागि बजेट छु्ट्याइने

प्रदेशमा धार्मिक पर्यटनको प्रचूर सम्भावना रहेकाले धार्मिक एवम् पर्यटकीय स्थलहरुको व्यवस्थापन र स्तरोन्नति गर्न धार्मिक एवम् पर्यटकीय स्थलहरुको पहिचान गरी धार्मिक पर्यटन प्रवद्र्धनको लागि बजेट छु्ट्याईने प्रदेश सरकारले आफ्नो लक्ष्य रहेको जनाएको छ।

जनकपुरधाम, धनुषाधाम, सिरहाको सलहेश,सप्तरीको क्षिनमस्ता, सर्लाहीको नाढिमन ताल, सतही विहुला, नारायणपुर नाजिर मजार, सप्तरीको ठेलिया दह, महोत्तरीको पड़ौलस्थान, रौजा मजार, बाराको गढीमाई, सिम्रौनगढ, पर्साको ऐतिहासिक गहवा माई मन्दिर जस्ता बुद्धिष्ट, जैन लगायत ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थलहरुको विकासका लागि सरकारले अविलम्ब योजना ल्याइने मुखयमन्त्री राउतले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?