ट्याङ्कर दुर्घटनामा दुईको मृत्यु, तीनजना गम्भीर घाइते

ट्याङ्कर दुर्घटनामा दुईको मृत्यु, तीनजना गम्भीर घाइते
+
-

उदयपुर – उदयपुरको सिद्धिचरण लोकमार्गअन्तर्गत कटारीबाट घुर्मीका लागि छुटेको गरेको ना ६ ख ३२३१ नम्बरको तेल बोकेको ट्याङ्कर कटारी नगरपालिका–११, गहुँबारी भन्ने स्थानमा बुधबार बिहान दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । अरु तीनजनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बारा जिल्लाको अमलेखगञ्जका २३ वर्षीय चालक पूर्णप्रसाद खनाल र अर्का मकवानपुर बस्ने ३१ वर्षीय सहचालक सरोज मोक्तान रहेका छन् ।

गम्भीर घाइते हुनेहरुमा भक्तपुरका २४ वर्षीय सुवास तामाङ, बाराका १७ वर्षीय अभिषेक श्रेष्ठ र दोलखा चरिकोटका २५ वर्षीय सुजन गोले रहेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले बताएको छ ।

अहिले इलाका प्रहरी कार्यालय, कटारीबाट प्रहरी परिचालन गरी मृतकलाई प्रहरीले कटारी अस्पतालमा झार्ने कार्य सुरु गरेको छ भने गम्भीर घाइतेहरुलाई एम्बुलेन्समार्फत काठमाडौँ पठाएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताए ।

बिहान ४ बजे ट्याङ्कर सडकबाट अनियन्त्रित भई तल खसेको प्रहरीले बताएको छ । घटनास्थल कटारी बजारबाट २६ किलोमिटर पश्चिम उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?