गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा लिइँदै

गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा लिइँदै
+
-

नवलपरासी-अनिच्छित गर्भधारण रोक्नका लागि अस्थायी साधनको प्रयोग नगर्दा र चेतना भएर पनि हेलचक्रयाइँ गर्ने गरेका कारण नवलपरासीमा गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको छ।

परिवार नियोजनको साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रुपमा लिने गरेका कारण सुरक्षित गर्भपतनकै दुरुपयोग भएको छ।

गर्भवती महिलाको मञ्जुरीमा, कानूनले मान्यता दिएअनुसार सूचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ। स्वास्थ्य कार्यालय नवलपरासीका अनुसार आर्थिक वर्ष ०७३/७४ मा दुई हजार ५९५ जनाले सुरक्षित गर्भपतन गराएका छन्।

जसमध्ये २२० महिला २० वर्षभन्दा कम उमेर समूहका रहेका छन्। अवैध गर्भ बसेपछि अविवाहित किशोरीले समेत गर्भपतन गराउने गरेका छन्।

आर्थिक वर्ष २०७२/७३ मा गर्भपतन गराउनेको संख्या दुई हजार २५९ रहेको थियो। गत आर्थिक वर्षमा २० वर्षभन्दा कम उमेर समूहका १४२ जना महिलाले औषधिको प्रयोग गरेर गर्भपतन गराएका छन् भने ७८ जना महिलाको सर्जिकल (उपकरणको प्रयोगद्वारा) गर्भपतन गरिएको स्वास्थ्य कार्यालय नवलपरासीको तथ्यांकमा उल्लेख छ।

यो तथ्यांक सुरक्षित गर्भपतन गर्न मान्यता प्राप्त जिल्लाका २५ वटा संस्थाको मात्रै हो। अधिकांशले निजी अस्पताल र क्लिनिकमा समेत गर्भपतन गराउने गरेको पाइन्छ।

जिल्लाको सीमावर्ती क्षेत्रमा कतिपयले गर्भपतन गराउन भारतीय बजार समेत जाने गरेका छन्। निजी मेडिकलमा अवैध र गोप्य रुपमा गराउने गर्भपतनको संख्यालाई पनि जोड्ने हो भने गर्भपतनको अवस्था भयाभह रहेको देखिन्छ।

राज्यले  बढीमा १२ हप्ता सम्मको  गर्भ भएको गर्भवती महिलाको  इच्छानुसार गर्भपतन गराउनुलाई आकस्मिक सेवाको  रुपमा मान्यता दिए पनि गर्भपतन भने संस्कृतिको रुपमा विकास हुँदै गरेको पाइएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’