
जनकपुर- जनकपुरमा ई–रिक्सा सञ्चालकहउँरु आन्दोलित भएका छन्। भाडादर कम निर्धारण गरेको भन्दै जनकपुरका ई–रिक्सा सञ्चालकहरु भाडादरको बिरोधमा आन्दोलमा उत्रेका छन्।
रिक्सा सञ्चालकहरु जुलुस निकाल्न खोज्दा बिहीबार पटकपटक प्रहरी र ईरिक्सा सञ्चालकबीच विवाद समेत भएको छ।
भाडादरको बिरोधमा नगरभित्र जुलुस निकाल्न बिहीबार दिउँसो जनकपुरको बाह्रबिघा मैदानमा सयौंको संख्यामा अटो रिक्साा सञ्चालकहरु रिक्सा सहित भेला भएका छन्।
उनीहरुलाई जुलुस गर्न नदिन दर्जनौंको संख्यामा प्रहरी परिचालन भएका छन्।
महँग समयमा याताायत व्यवस्थापन समितिले तोकेको भाडादर कम भएको र त्यसको कमाईले आफूहरुको घरपरिवार खर्च धान्न समेत समस्या हुने ई–रिक्सा सञ्चालकहरुको गुनासो छ । उनीहरुले भाडादर परिमार्जनको माग समेत गरेका छन्।
गएको एक साताअघि धनुषाका प्रमुख जिल्ला अधिकारी दीलिप चापागाईं अध्यक्ष रहेको यातायात व्यवस्थान समितिले अटो ई–रिक्साहरुको भाडादर निर्धारण गरेको थियो।
उक्त निर्णय कार्यान्वयन गर्न बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले एक कार्यक्रम आयोजन गरी भाडादर सार्वजनिक गरेसँगै अटो ई–रिक्साहरुमा भाडादर स्टिकर टाँसेको थियो। जनकपुरमा झण्डै ३ हजार ई–रिक्सहरु सञ्चालनमा छन् ।