नि:शुल्क शिविरमा ६ सयभन्दा बढीले लिए लाभ

कानको शिविरमा जेष्ठ नागरिकलाई छाता र टर्चलाइट

कानको शिविरमा जेष्ठ नागरिकलाई छाता र टर्चलाइट
+
-

नेपालगञ्ज-बाँकेको विकट ठाउँ मानिने नरैनापुर गाउँपालिका–६, गंगापुरमा आयोजना गरिएको नि:शुल्क शिविरमा ६ सय ७५ जनाले सेवा लिएका छन्।
शिविरमा आँखाका समस्या भएका धेरै आएका छन्।

आँखाको उपचार गर्न आएका २ सय २५ जनामध्ये ३३ जनालाई अप्रेसन गर्नु पर्ने भएकाले नेपालगञ्ज रिफर गरिएको छ। त्यस्तै, एक सय ५५ जनाले कानको सेवा लिएका छन्। कानको गम्भीर समस्या भएका २० जनालाई नेपालगञ्ज रिफर गरिएको छ।

५० जना स्त्रीरोगीले सेवा लिएका छन्। तीमध्ये आठ जनाको पाठेघर अप्रेसन गर्नुपर्ने भएको छ।उनीहरुलाई पनि नेपालगञ्ज रिफर गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले नेपालगञ्ज रिफर गरिएका सबैको निशुल्क अप्रेसन हुने जनाएको छ।

कार्यालयले विशेषज्ञ डाक्टरसहितको ३२ जनाको टीम लिएर गंगापुर पुगेको थियो।पिछडिएका समुदायमा स्वस्थ्य सेवा पुर्‍याउने नीति अनुरुप त्यहाँ निशुल्क शिविर आयोजना गरिएको जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले बताए।

फिजिसियन डा. रजनी शाह, बाल रोग विशेषज्ञ डा. रमा बोहरा, सन्तोष श्रीपालीसहितका ३२ जना शिविरमा खटिएका थिए। शिविरमा प्रयोगशाला राखेर दिसा, पिसाव, रगत जाँच गरिएको थियो। जनस्वास्थ्यले अर्को शिविर कुसुमको भवानीपुर गाउँमा १७ गते राख्ने जनाएको छ।

यसैबीच, जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले गंगापुरका एक सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ। उनीहरुलाई सम्मान स्वरुप एक÷एक वटा छाता र टर्चलाइन उपलब्ध गराइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?