‘श्रमको उचित मूल्य नपाउँदा युवा विदेशिन्छन्’

‘श्रमको उचित मूल्य नपाउँदा युवा विदेशिन्छन्’
+
-

विराटनगर‍- प्रत्येक वर्ष ४ लाखको संख्यामा युवाहरु रोजगारीको अवसरमा विदेशिने गरेकामा युवाहरुले चिन्ता ब्यक्त गरेका छन्।

रोजगारीको अवसर मुलुकमा कम पाउनु तथा श्रमको उचित मूल्य नहुने भएकाले युवाहरु विदेशिने गरेको विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागि युवाहरुले उल्लेख गरेक छन्।

तनहुँबाट सुरु गरिएको युवा जागरण अभियानले मोरङमा युवाहरुसँग छलफल गरेको हो। विहीबार आयोजित छलफलमा युवा जागरण अभियानका संयोजक चिन्तन पौडेलले देशलाई आर्थिक समृद्धितर्फ लैजान सामाजिक विकास आवश्यकता रहेको बताएका थिए। पौडेलले युवाहरु आर्थिक रुपमा सबल बनाउन आफूहरु गाउँगाउँमा सीपयुक्त कार्यक्रम लिएर अगाडि बढ्ने स्पस्ट पारे।

१५ बर्ष विदेशमा बसेर व्यवस्थापन लगायतका बिषयमा अध्ययन गरेको बताएका पौडेलले त्यहा रहदाँ सिकेको सीप र ज्ञानलाई नेपालका सबै जिल्लामा पुगेर युवाहरुलाई सिकाउने अभियानमा आफूहरु लागेको उनले बताए।

रोजगारीको अवसर मुलुकमा नपाउँदा युवाहरु विदेश पलायन हुन बाध्य हुने गरेको कार्यक्रममा युवाहरुको भनाइ थियो। यद्धपि, युवा अभियानका पौडेलले स्वदेशमा स्वरोजगार गराई आत्मनिर्भर बनाउने योजना अनुसार देशभरि नै युवा जागरण अभियान पुग्ने दाबी गरे।

कार्यक्रममा प्रदेश नम्बर १ का कांग्रेस सांसद एवं संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्कीले युवाहरुलाई स्वरोजगार बनाई देश निर्माणमा लगाउन सके देश आर्थिक समृद्धितर्फ अघि बढ्ने बताए। अभियानमा तरुण दल नेता लालबहादुर जिसी, नेविसंघका कोषाध्यक्ष शिव रिमाल, सदस्य सुशील तिम्सिना, नेविसंघ केन्द्रीय सदस्य अर्जुन बम लगायत देश दौडाहामा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?