
काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले नेपालको सेयर बजार सतही र संकुचित भएको बताएका छन्। प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक योजना सम्बन्धी श्वेतपत्र प्रस्तुत गर्दै खतिवडाले पुँजी बजारमा विकासमा जोड दिने प्रतिवद्धता व्यक्त गरे।
यस्तै खतिवडाले पुँजी बजार सबल र भरोसा योग्य पनि नभएको बताए।
खतिवडाले सेयरको आपूर्तिमा भएको बृद्धिले नेप्से परिसूचक ओरालो लागिरहेको बताएका छन्।
पुँजी बजारमा संस्थागत र नीतिगत सुधार आवश्यक रहेको भन्दै खतिवडाले पुँजी बजार पुँजी परिचालन गर्न ठाउँ बनाउनु पर्ने बताए।