खड्काको शव शनिबार राति नेपाल ल्याइने, आइतबार अन्त्यष्टि

खड्काको शव शनिबार राति नेपाल ल्याइने, आइतबार अन्त्यष्टि
+
-

काठमाडौं – उपचारको क्रममा शुक्रबार नयाँ दिल्लीमा निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको शव शनिबार राति साढे ९ बजे जेट एयरको विमानबाट नेपाल ल्याइने भएको छ ।

खड्काका छोरा अनुराग बेलायतमा रहेको र उनी नयाँ दिल्ली पुगेपछि मात्र शव नेपाल ल्याइने भएकाले शनिबार राति मात्र शव काठमाडौं ल्याइने भएको हो ।

शव काठमाडौं ल्याइएपछि शनिबार राति उनको निवासमा राखिनेछ । कांग्रेस पार्टी कार्यालयका अनुसार खड्का शव श्रद्धाञ्जलीका लागि आइतबार बिहान ८ बजेदेखि पार्टी कार्यालय सानेपामा राखिनेछ ।

सानेपाबाट शव यात्रासहित आइतबार बेलुका खड्काको शव पशुपति आर्यघाटनमा अन्त्यष्टि गरिने कांग्रेसले जनाएको छ । मिर्गौला रोगबाट पीडित खड्को शुक्रबार दिउँसो दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।

फागुनको दोस्रो हप्ता उनलाई दिल्ली लगिएको थियो । खड्का निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

यसैबिच केन्द्रीय सदस्यसमेत रहेका खड्काको निधन भएपछि कांग्रेसको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

एक हप्तादेखि नियमति बिहान ११ बजेदेखि बेलुकासम्म चल्दै आएको बैठक स्थगित भएको पार्टी कार्यालयका सहयोगी केशव रिजालले जानकारी दिए ।

खड्काको अन्त्यष्टिबारे निर्णय गर्न केन्द्रीय समितिको आकश्मिक बैठक आइतबार बिहान पार्टी कार्यालयमा बस्नेछ ।

यो पनि पढ्नुहोस्

पूर्वगृहमन्त्री खड्काको निधन

पूर्वगृहमन्त्री खड्काको निधन

लोकप्रिय र प्रभावशाली नेता थिए खुमबहादुर खड्का

लोकप्रिय र प्रभावशाली नेता थिए खुमबहादुर खड्का

पूर्वगृहमन्त्री खड्काको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा उपचार गरिँदै

पूर्वगृहमन्त्री खड्काको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा उपचार गरिँदै

पूर्वगृहमन्त्री खड्काको स्वास्थ्यस्थिति बुझ्न कांग्रेसले दुई नेता दिल्ली पठाउने

पूर्वगृहमन्त्री खड्काको स्वास्थ्यस्थिति बुझ्न कांग्रेसले दुई नेता दिल्ली पठाउने

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’