खड्काको शव नेपाल ल्याइयो, शुभचिन्तकहरु विमानस्थलमा

खड्काको शव नेपाल ल्याइयो, शुभचिन्तकहरु विमानस्थलमा
+
-

काठमाडौं – उपचारको क्रममा शुक्रबार नयाँ दिल्लीमा निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको शव शनिबार राति पौने ११ बजे जेट एयरको विमानबाट नेपाल ल्याइएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायत ठूलो संख्यामा कांग्रेेस कार्यकर्ता तथा शुभचिन्तक उनको शव लिन विमानस्थल पुगेका थिए।

खड्काका छोरा अनुराग बेलायतमा रहेको र उनी नयाँ दिल्ली पुगेपछि मात्र शव नेपाल ल्याइएको हो।

उनको शव शनिबार राति उनको निवासमा राखिनेछ। कांग्रेस पार्टी कार्यालयका अनुसार खड्काको शव श्रद्धाञ्जलीका लागि आइतबार बिहान ८ बजेदेखि पार्टी कार्यालय सानेपामा राखिनेछ।

सानेपाबाट शव यात्रासहित आइतबार बेलुका खड्काको शव पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने कांग्रेसले जनाएको छ।

मिर्गौला रोगबाट पीडित खड्को शुक्रबार दिउँसो दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।

फागुनको दोस्रो हप्ता उनलाई दिल्ली लगिएको थियो। खड्काको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।

यसैबीच केन्द्रीय सदस्यसमेत रहेका खड्काको निधन भएपछि कांग्रेसको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

एक हप्तादेखि नियमति बिहान ११ बजेदेखि बेलुकासम्म चल्दै आएको बैठक स्थगित भएको पार्टी कार्यालयका सहयोगी केशव रिजालले जानकारी दिए ।

खड्काको अन्त्यष्टिबारे निर्णय गर्न केन्द्रीय समितिको आकस्मिक बैठक आइतबार बिहान पार्टी कार्यालयमा बस्नेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?