
बर्षा शाह
चैत १८, २०७४

अ
+
अ
अ
-
काठमाडौं – उपचारको क्रममा शुक्रबार नयाँ दिल्लीमा निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको शव शनिबार राति पौने ११ बजे जेट एयरको विमानबाट नेपाल ल्याउँदा सयौँ शुभचिन्तकले विमानस्थलमा उनको जयजयकार गरेका थिए। त्यहाँ धेरैजसो खुमबहादुरका कार्यकर्ताहरु थिए।
उनीहरुले खुमबहादुरको शवलाई ढोग्नुका साथे उनी अमर रहून् भनी नारा पनि लगाएका थिए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायत ठूलो संख्यामा कांग्रेेस कार्यकर्ता तथा शुभचिन्तक उनको शव लिन विमानस्थल पुगेका थिए।
उनको आइतबार अन्तयेष्टि गर्ने कार्यक्रम छ।
यो पनि पढ्नुहोस्

पूर्वगृहमन्त्री खड्काको निधन

कांग्रेस नेता खड्काको आज अन्त्यष्टि हुँदै

लोकप्रिय र प्रभावशाली नेता थिए खुमबहादुर खड्का

स्मृतिहरूको हुंडरीमा मित्र खुमबहादुर खड्का

अनुभवी नेता गुमाएका छौँ: देउवा

खड्काको शव नेपाल ल्याइयो, शुभचिन्तकहरु विमानस्थलमा

पूर्वगृहमन्त्री खड्काको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा उपचार गरिँदै

