नेता खड्काको निधनले दाङ स्तब्ध

नेता खड्काको निधनले दाङ स्तब्ध
+
-

दाङ-विकासप्रेमी नेता खुमबहादुर खड्काको निधनले दाङ स्तब्ध भएको छ। दंगालीहरुले विकासप्रेमी नेतालाई गुमाएको अभिव्यक्ति दिएका छन्।

खड्कालाई पार्टीमा जेसुकै भनिए पनि जिल्लाको विकास निर्माणमा उदार मनको नेता भएकाले सबैले उनको उच्च सम्मान गरेका छन्। ‘खुमबहादुर साँच्चै प्रजातन्त्रका योद्धा अनि जुधारु नेता पनि हुनुहुन्थ्यो, उहाँलाई गुमाउनुपर्दा धेरै दुःख लागेको छ”– बयोवृद्ध दलबहादुर वलीले भने।

प्रजातन्त्रका सेनानी तिलक डांगीले स्व खड्का निःस्वार्थ विकासप्रेमी नेता भएको बताए, “जिल्लाको विकास, निर्माण र समृद्धिको काम गरेर कुशल संगठकका रुपमा पनि प्रजातन्त्रको कुशल नेतृत्व गुमाएका छौँ, प्रजातन्त्रका लागि अहोरात्र खट्ने, कुशल संगठनकर्ता, विकासप्रेमी नेता खड्काको निधनले एउटा विकासको नक्षत्र हो। ”

स्व खड्काको जन्मथलो घोराही उपमहानगरपालिका–५ गाविस वडा नं ६स्थित भैसाप्रथा गाउँ शोकमा छ। स्थानीयवासी आफूहरुले मात्र नभएर देशले नै अभिभावक गुमाएको बताए

विगतमा उनको नाम सुन्दा खुशीले प्रफुल्ल हुने स्थानीयवासीमा मृत्युको खबर सुन्दा अप्रत्यासित लागि रहेको स्व.खड्काका अभिभावक समेत रहनुभएका स्थानीयवासी सुरवीरसिंह वली बताए।’खुमबहादुरको उपचारको क्रममा मृत्यु भएको सबैले सुनाउँछन्, तर मलाई विश्वासै लाग्दैन”, खड्कासँगै बाल्यकाल बिताएका उनले भने।

“पहिले गाउँमा सडक थिएन, खानेपानीका लागि एक घण्टा हिँडेर जानुपथ्र्यो, तर खुमबहादुर मन्त्री भएको बेलामा गाउँमा कुवा बनाइदिनुभयोे, बिजुली बत्ती ल्याइदिनुभयो, सडक र सिँचाइको व्यवस्थासमेत गरिदिनुभयो” स्थानीय केशरबहादुर केसीले भने। त्यस्तै खड्काको निधनसँगै उहाँको गृह गाउँ लमही नगरपालिका–८ सतवरिया शोकमा डुबेको छ।

काँग्रेस समर्थकलाई मात्र होइन सबै पार्टीप्रति आस्था राख्ने सबै दुखी बनेका खड्काको निधनमा। खड्का काँग्रेसका नेता मात्र होइन जिल्लाको विकासको सारथी नै हुन। “सबैको साझा नेता खड्कालाई हामीले गुमाएका छौ, आफ्नो अभिभावक गुमाएको पीडा शब्दमा उतार्न सकिँदैन” लमही नगरपालिका–८ का वडा अध्यक्ष मेघनारायण चौधरीले भने।

गाविस–६ मा जन्मेका खड्काको कर्मथलो सतवरिया हो । सतवरियामा रहेको उनको घरमा शनिबारदेखि सन्नाटा छाएको छ।

यो पनि पढ्नुहोस्

कांग्रेस नेता खड्काको आज अन्त्यष्टि हुँदै

कांग्रेस नेता खड्काको आज अन्त्यष्टि हुँदै

खुमबहादुर खड्कालाई अन्तिम श्रद्धाञ्जली दिन कोको पुगे? (फोटो फिचर)

खुमबहादुर खड्कालाई अन्तिम श्रद्धाञ्जली दिन कोको पुगे? (फोटो फिचर)

खुमबहादुरको शव ढाेगे उनका शुभचिन्तकहरुले (फोटो फिचर)

खुमबहादुरको शव ढाेगे उनका शुभचिन्तकहरुले (फोटो फिचर)

पूर्वगृहमन्त्री खड्काको निधन

पूर्वगृहमन्त्री खड्काको निधन

लोकप्रिय र प्रभावशाली नेता थिए खुमबहादुर खड्का

लोकप्रिय र प्रभावशाली नेता थिए खुमबहादुर खड्का

स्मृतिहरूको हुंडरीमा मित्र खुमबहादुर खड्का

स्मृतिहरूको हुंडरीमा मित्र खुमबहादुर खड्का

अनुभवी नेता गुमाएका छौँ: देउवा

अनुभवी नेता गुमाएका छौँ: देउवा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?