
देश सञ्चार
चैत १८, २०७४

अ
+
अ
अ
-
काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
बैठकले पाँच दिन कांग्रेसका कार्यालयहरु बन्द गर्ने, सात दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र तेह्र दिनसम्म शोक बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको केन्द्रीय सदस्य मिनबहादुर बिश्वकर्माले जानकारी दिए। अब कांग्रेस बैठक पनि १३ दिनका लागि स्थगित भएको छ।
शुक्रबार नयाँ दिल्लीको अपोलो अस्पतालमा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको मिर्गोलामा आएको संक्रमणका कारण निधन भएको थियो।
यो पनि पढ्नुहोस्

खुमबहादुर खड्कालाई अन्तिम श्रद्धाञ्जली दिन कोको पुगे? (फोटो फिचर)

कांग्रेस नेता खड्काको आज अन्त्यष्टि हुँदै

खुमबहादुरको शव ढाेगे उनका शुभचिन्तकहरुले (फोटो फिचर)

लोकप्रिय र प्रभावशाली नेता थिए खुमबहादुर खड्का

स्मृतिहरूको हुंडरीमा मित्र खुमबहादुर खड्का

अनुभवी नेता गुमाएका छौँ: देउवा

नेता खड्काको निधनले दाङ स्तब्ध

