बढेन लसुन र प्याजको उत्पादन

बढेन लसुन र प्याजको उत्पादन
+
-

ललितपुर-उत्पादन लिनका लागि लामो समय लाग्ने हुँदा व्यावसायिक रूपले खेती गर्दै आएका किसान लसुन र प्याजखेतीमा आकर्षित छैनन् ।

नेपालमा अरु खालका तरकारीको उत्पादन बढे पनि लसुन र प्याजको उत्पादन भने नबढेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए।

काठमाडौँ उपत्यका र त्यस आसपासमा असोज–कात्तिकमा लसुन रोपेर वैशाख–जेठमा टिप्ने गरिन्छ। छ÷सात महिनासम्म उत्पादनका लागि कुर्नुपर्ने भएकाले किसानले त्यसको सटटृा सागपातबाट २० दिनदेखि, काउलीबाट ६० दिनदेखि र आलुबाट ९० दिनदेखि उत्पादन लिन थाल्ने जानकारी दिंदेै उहाँले भन्नुभयो, “नेपालमा व्यावसायिक किसान बढ्दै छन् र उनीहरु छोटो अवधिमा नै नगद हातमा पर्ने तरकारी मात्रै लगाउन चाहन्छन्।’

एक दशकयता अरु खालका तरकारीको आयात ह्वात्तै घटे पनि लसुन र प्याजको भने बढेको छ । भारतबाट सस्तो मूल्यमा भित्रने हुँदा किसानले सस्तोमा बिक्री गर्नुपर्ने चिन्ताले कम मात्रामा लसुन र प्याज रोप्ने गरेका हुन्।

लसुन र प्याजमा आत्मनिर्भर बनाउने हो भने सरकारले नै किसानलाई प्रोत्साहनका कार्यक्रम गर्नुपर्छ । उहाँले भन्नुभयो, “हामीले किसानलाई घाटा हुँदैन भनेर विश्वस्त नबनाएसम्म हामी यी उत्पादनमा आत्मनिर्भर बन्न सक्दैनौँ ।”

तथ्यांकले आयात बढी देखाए पनि नेपाल धेरै खालका तरकारीमा भने आत्मनिर्भर छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?